‘कटन क्याण्डी’ बिक्री रोक्न अनुगमन



नेपालगन्ज।
जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, घरेलु कार्यालयका प्रतिनिधिसहितको अनुगमन टोलीले नेपालगन्ज बजार क्षेत्रका ‘कटन क्याण्डी’ बिक्रेता र उत्पादन स्थलको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा विभिन्न स्थानबाट ३ बिक्रेतालाई नियन्त्रणमा लिई १ सय १८ पोका ‘कटन क्याण्डी’ नष्ट गरिएको छ । नेपालगन्ज–१२ बेलासपुरमा रहेको अवैध उत्पादन स्थलमा रङ मिसाइएको चिनी र चास्नी नष्ट गरिएको छ ।

उनीहरूलाई घरेलुमा दर्ता गरी खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट उत्पादन अनुज्ञापत्र नलिएसम्म उत्पादन तथा बिक्रीवितरण नगर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधबार