17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

समुदायमा कांग्रेस अभियान सञ्चालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १७, २०८०  

कोहलपुर ।
समुदायमा कांग्रेस अभियान कोहलपुर नगरपालिका–२ मा सञ्चालन भएको छ । मंगलबारबाट सुरु भएको अभियान माघ २६ गतेसम्म सञ्चालन हुने भएको छ । नेपाली कांग्रेसले जनताका कुरा सुनेर अगाडि बढ्ने वडासभापति यज्ञबहादुर महराले बताए ।तीन तहका सरकारसँग जनताका अपेक्षा, सुझाव, गुनासो सुनेर पार्टीको तर्फबाट समावेश गरी कार्यान्वयन र समाधन गर्न पहलकदमी लिने बताए ।

स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयासलगायतको अनुगमन तथा नीतिगत सुधार मार्गदर्शनको रूपमा रहने उनको भनाइ छ ।कांग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको उनले उल्लेख गरे । उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात् गर्दै सच्चिएर कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसले सम्हालेको वडामा रहेका जनप्रतिनिधिले आफ्नो कार्य सार्वजानिक गरे आगामी निर्वाचनमा जनतामा जान सहज हुने कोहलपुर नगरपालिका–२ नम्बरका वडा अध्यक्ष हरि कठायतले बताए ।नेपाली कांगे्रसले पनि राम्रा काम गरेको र अहिले कोहलपुरमा कांग्रसेको बहुमत रहेकाले काम गरेर देखाउनु आवश्यक रहेको बताए ।

प्रकाशित मितिः बुधबार, माघ १७, २०८०     8:06:03 AM  |