कोहलपुर जेसिजद्वारा रक्तदान आयोजना



कोहलपुर ।
कोहलपुर जेसिजले सहिद दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार जेसिजले आरएम हस्पिटल कोहलपुर–११ मा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तादातालाई ब्लड ब्याग प्रदान गरेर कोहलपुर नगरपालिका उप–प्रमुख संगीता सुवेदीले कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

सो अवसरमा बोल्दै उनले ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’भन्ने जेसिजको आस्था पाठमा रहेको मूलमन्त्रलाई सार्थक पु¥याउन कोहलपुर जेसिजले सामाजिक कार्य गर्दै आएको बताइन् । सहिदहरूको सम्झनामा मानवता कार्यका लागि रक्तदान कार्यक्रम आयोजना गरेको भन्दै कोहलपुर जेसिजलाई धन्यवादसमेत व्यक्त गरिन् ।

कोहलपुर नगरपालिकाभित्र कसैले पनि रगत अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले गरिएको रक्तदान कार्यक्रम निकै सराहनीय कार्य रहेको उप–प्रमुख सुवेदीले बताइन् । संस्थाले आफ्नो वार्षिक क्यालेन्डरमा रहेको सहिद दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको कोहलपुर जेसिजका अध्यक्ष राजकुमार पौडेलले बताए ।

रगतको अभावमा बिरामीका आफन्तहरू भौँतारिन र ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । सो अवसरमा ५९ जनाले रक्तदान गरेको छन् । रक्तदान गर्ने रक्तादाताहरूलाई जेसिजले सम्मानस्वरूप प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । आरएम हस्पिटलको तथा बेटर बाँकेको समन्वयमा तथा रक्त सञ्चार इकाइ कोहलपुरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

 

  • No tags available
प्रकाशित मिति : २०८० माघ १७ गते बुधबार