नेपालगन्ज।
बाँके जिल्ला ब्याटमिन्टन संघले यही माघ ११ देखि १३ गतेसम्म नेपालगन्जको कभर्डहलमा प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । संघका अध्यक्ष सञ्जय थापाका अनुसार तीन दिनसम्म चल्ने राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पाँचवटा विधा राखिएको छ । जसमा पुरुष एकल खुला, पुरुष युगल, महिला एकल, पुरुष युगल बी लेभल र ४५ भेट्रान्स डबल्स रहेका छन् ।
प्रतियोगितालाई रोचक र प्रभावकारी तथा देशभरि बाँके जिल्लाको पहिचान गराउन नेपालका राष्ट्रिय खेलाडीहरूले यस प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । यस प्रतियोगितामा नेपाल अधिराज्यबाट लगभग १५० जना खेलाडीहरूले सहभागिता जनाउने भएका छन् । प्रतियोगितालाई स्वच्छ तथा प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि राष्ट्रियस्तरका रेफ्री तथा अम्पायरहरू आउने भएका छन् ।
प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा स्थानीय विभिन्न व्यापारी प्रतिष्ठान संघसंस्था तथा संघका पदाधिकारीहरू तथा व्यक्तिगत रूपमा धेरैको आर्थिक तथा भौतिक सहयोग रहने विश्वास लिइएको आयोजकले जनाएको छ । पुरस्कृत हुने खेलाडीहरूलाई, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कारको व्यवस्था गरिएको छ ।