कोहलपुर जेसीजमा पौडेल



कोहलपुर।
कोहलपुर जेसीजको अध्यक्षमा राजकुमार पौडेल निर्वाचित भएका छन्् । शनिबार भएको १६औँ साधारणसभा तथा १५औँ अधिवेशनबाट पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुबेदीको प्रमुख आतिथ्यमा कोहलपुरमा सम्पन्न अधिवेशनले कार्यकारिणी उपाध्यक्षद्वयमा रोमबहादुर थापा र अभिषेक जंगबहादुर राणालाई निर्वाचित गरेको छ ।

त्यसैगरी, चार जना उपाध्यक्षमा सुवास ढकाल, वीरेन्द्र बम ठकुरी, गोविन्द पौडेल र सरोजबाबू पंगेनी चयन भएका छन् । अन्य पदाधिकारी तथा सदस्यहरू पछि मनोनीत गरिने कोहलपुर जेसीजले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुस १५ गते आइतबार