कोहलपुर।
स्तन क्यान्सर, आङ खस्ने समस्याका साथै पाठेघरको मुखको क्यान्सरसम्बन्धी शिविर सम्पन्न भएको छ । शनिबार कोहलपुर–११ मा अवस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा एकदिने शिविर सम्पन्न भएको हो । वडामा रहेका विपन्न र आर्थिक अवस्था नाजुक रहेका महिलाहरूको पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्क्रिङ तथा व्यवस्थापनमा थारै भए पनि सहयोग पुग्ने हेतुले शिविर सञ्चालन गरिएको वडाध्यक्ष कल्पना शर्माले बताइन् ।
सेवा लिन आउने अधिकांश महिलाहरू विपन्न र आर्थिक अवस्था कमजोर भएका रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले जनाएको छ । एकदिने सो शिविरबाट २ सय ७ जनाले सेवा लिएका छन् । जसमा ५ जना महिलामा क्यान्सर भेटिएको छ । उनीहरूलाई सामान्य परामर्श दिएर उपचारका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आउन सुझाव दिइएको छ ।
शिविरबाट आएका महिलाहरूलाई ५० प्रतिशत छुटमा उपचार दिइने सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले जनाएको छ । कोहलपुर नगरपालिका–११ को आयोजना, नगर स्वस्थ्य शााख, नगर अस्पताल कोहलपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा–७ को सहजीकरणमा शिविर सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्