आज नेपालगन्जमा स्लो बाइक प्रतियोगिता



बाँके।
तीव्र गतिमा चल्ने सवारी साधनका कारण हुने सडक दुर्घटनाबारे जनचेतना जगाउने उद्देश्यले चौथो स्लो बाइक प्रतियोगिता नेपालगन्जमा आज हुँदै छ । बास नेपालको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । तीव्र गतिमा मोटरसाइकल चलाउनेहरूलाई निरुत्साहित गर्न, ट्राफिक नियमको पालना गरी सीमित गतिमा मोटरसाइकल चलाउन प्रोत्साहित गर्ने उद्देश्यले सो प्रतियोगिता गर्न लागिएको हो ।

आवश्यक चेतनाको अभावमा युवाहरूले तीव्रगतिमा मोटरसाइकल चलाई दिनहुँजसो दुर्घटनाका बढिरहेको अवस्थामा जोखिम न्यूनीकरण गर्दै जनचेतना जगाउन प्रतियोगिता उपलब्धिपूर्ण हुने विश्वास लिइएको छ । नेपालगन्जमा हुने प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गर्न आवेदन खुला गरिएको छ ।

प्रतियोगितामा भाग लिन चाहनेले अनलाइनमार्फत समेत फर्म भर्न सक्ने व्यवस्था गरिएको छ भने बास केन्द्रीय कार्यालय नेपालगन्ज–१० भृकुटीनगरमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।२०७७ सालदेखि सुरु भएको प्रतियोगितामा यस वर्ष पुरुष र महिलाहरूको छुट्टाछुट्टै प्रतियोगिता हुने भएको छ ।

दुवैतर्फको प्रतियोगितामा विजयी हुने सहभागिहरूलाई नगदसहित प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विजेताहरूलार्ई क्रमशः नगद १५ हजार, १० हजार र ५ हजारसहित प्रमाण पत्र प्रदान गरिने बास नेपालका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए । प्र

तियोगितामा मोटरसाइकल र स्कुटर जुनसुकै साधनको पनि प्रयोग गर्न सकिनेछ भने प्रतियोगीसँग लाइसेन्स र प्रयोग गर्ने मोटरसाइकलको राम्रो अवस्थाको हुनुपर्नेछ ।

प्रकाशित मिति : २०८० पुस १४ गते शनिबार