शिव शिखर सहकारी : पहल तथा समस्या समाधान समिति गठन



कोहलपुर, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कोहलपुर शाखामा उत्पन्न समस्या समाधानका लागि पहल समिति गठन गरिएको छ । बुधबार ईलाका प्रहरी कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले समस्या समाधानका लागि पहल समिति गठन गरिएको हो ।


कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलका अनुसार पहल तथा समस्या समाधान समिति २१ सदस्यीय रहनेछ । ईलाका प्रशासन कार्यालय कोहलपुर संयोजक रहने गरी सरोकारवाला सम्मिलित समिति निर्माण गरिएको छ । समितिको सदस्यहरुमा ईलाका प्रहरी कायार्लय, कोहलपुर उद्योग वाणिज्य संघ, शमशेरगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधि तथा कोहलपुरस्थित शाखाका क्षेत्रीय म्यानेजर र बाँके जिल्लामा रहेका तीनवटा शाखाका शाखा प्रमुख सदस्य रहेका छन् ।

यस्तै ठूला बचतकर्ता र ऋणीहरुमध्येबाट तीनजना, यस्तै विभिन्न टोल तथा क्षेत्रको प्रतिनिधित्व हुने एक÷एकजना प्रतिनिधि गरी कूल २१ सदस्य रहने छन् । अध्यक्ष पौडेलले समितिले बाँके जिल्लाका सिडिओ, एसपीसहित अन्य सरोकारवालाहरुसँगको समन्वयमा समस्या समाधानको पहल गरिने बताए ।

प्रकाशित मिति : २०७९ फागुन १८ गते बिहीबार