कोहलपुर ।
कोहलपुर कृषि बजार व्यवस्थापन समितिले कोहलपुर नगरपालिकालाई १० थान ट्रि गार्ड सहयोग गरेको छ । मंगलबार कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यलाई ट्री गाड हस्तान्तरण गरेका हुन् ।
कोहलपुुर नगरपालिकाको हरित नगर अभियान सफल पार्न थारै भए पनि योगदान दिने उद्देश्यले ट्रि गार्ड सहयोग गरेको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष उदीराम वलीले बताए ।
कोहलपुर नगरपालिकाले रोपेका बिरुवाहरूको संरक्षणका लागि ३० हजार रुपैयाँबराबरको १० थान ट्रि गार्ड सहयोग गरेको अध्यक्ष वलीले जानकारी दिए ।
सो सहयोग सामग्री ग्रहण गर्दै कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कृषि बजार व्यवस्थापन समितिले नगरको हरियाली प्रवद्र्धन कार्यमा सहयोग पु¥याएको भन्दै समितिलाई धन्यवाद दिएका थिए । मेयर आचार्यले हरियाली नगर बनाउन नगरपालिका एक्लै सम्भव नरहेकाले सबैको साथ सहयोग आवश्यक रहेको बताए ।
ट्रि गार्ड हस्तान्तरमा कार्यक्रममा कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष वली, चित्रकला पाठक, जानकी पुनलगायत उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्