8 September 2024  |   आइतवार, भदौ २३, २०८१

कौशल्या मेमोरियल हवलदारपुरको राप्ती सोनारीमा निःशुल्क स्वास्थ्य शिविर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर २३, २०८०  

कोहलपुर ।

कौशल्या मेमोरियल अस्पताल हवलदारपुरले राप्ती सोनारी गाउँपालिका–३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विपन्न र असहायहरूका लागि निःशुल्क एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

राप्ती सोनारीमा दाँतका समस्या भोग्दै आएका स्थानीयका लागि थोरै भए पनि सहयोग पु¥याउने हेतुले स्वास्थ्य शिविर सञ्चालन गरेको कौशल्या मेमोरियल अस्पतालका प्रबन्धक चन्द्रबहादुर महतोले जानकारी दिए ।

उनले उपचारका क्रममा गाउँमा दातको समस्या भएका मानिसहरूको संख्या धेरै भेटिएको मिसन टुडेलाई जानकारी दिए । सामान्य सरसफाइदेखि हेरचाह गर्ने ज्ञान नहुँदा स्थानीयले दाँतको समस्या भोग्दै आएको उनले बताए ।

‘फोहोर, घाउ र दाँत कुहिएको समस्या भएका स्थानीयहरू धेरै फेला परे,’ उनले भने, ‘कतिपय जटिल अवस्था भएका पनि भेटिए ।’ शिविरमा २ सय जनाले सेवा लिएको उनले बताए । जसमा २ वर्षदेखि ७० वर्ष उमेरसम्मका वृद्धाहरू रहेका थिए ।

प्रकाशित मितिः शनिबार, मंसिर २३, २०८०     9:10:08 AM  |