आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यमा अग्रसर हुन राष्ट्रपतिको आग्रह



नेपालगञ्ज,१० चैत/   राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक उपलब्धिको सुद्धृढीकरण गर्दै राजनीतिक स्थायित्व सहित आर्थिक समृद्धि हसिल गर्ने राष्ट्रिय लक्ष्यमा अग्रसर हुनु सवै नेपालीको कर्तव्य हुन आवश्यक रहेको बताएकी छन् ।

नेपाल बार एशोसिएसनको १४औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले देशमा कानुन सुधार एवं संशोधनका लागि महत्वपुर्ण प्रगतिहरु हासिल भएको समेत बताइन् । ऐतिहासिक व्यवस्थापिका संसदले मुलुकी फौजदारी संहिता, फौजदारी कार्यविधि, देवानी कार्यविधि, देवानी संहिता, देवानी कार्यविधि र सजाय निर्धारण गर्ने ऐन पारित भए अनुसार कार्यन्वयन गरिने राष्ट्रपति भण्डारीले धारणा राखिन् ।

देश लोकतान्त्रिक मूल्य मान्यताका अभ्यास गर्दै अगाडि बढेको हुनाले देशमा अव सवैले न्यायको बाटो खुल्ला रुपले पाउने राष्ट्रपति भण्डारीले जानकारी गराएकी हुन् । संविधानले स्वतन्त्र र सक्षम न्यायपालिकाको अवधारणालाई गहिरोसँग आत्मसात् गरेको बताइन् । कानुनको अन्तिम व्याख्यताको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रतामा कहिँ कतैबाट पनि आँच आउनु उचित नभएको बताइन् ।

न्यायपालिका भित्र आएका र आउन सक्ने विकृति विसंगतिहरु न्यायपालिका स्वयम्ले सुधार गर्नुपर्ने राष्ट्रपति भण्डारीले धारणा राखिन् । न्यायपालिकाप्रति जनआस्था प्रकट हुने र लोकतान्त्रिक मुल्य मान्यताप्रति सबैको सम्मान र विश्वास अझ वृद्धि हुने अवस्था सृजना गर्न कतिवद्ध हुन आवश्यक रहेको भण्डारीले बताइन् । व्यवसायिक रुपले सक्षम सवल मर्यादित र सम्वेदनशील कानुन व्यवसायीले स्वतन्त्र न्यायपालिकाको जगेर्ना गर्न र न्यायपुर्ण समाजको अवस्था सुदृढीकरणमा मद्दत पु¥याउन भएकाले यस तर्फ सम्बद्धपक्षहरुले ध्यान दिन आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

नेपाल बार एशोसिएसनको आयोजनामा नेपालगञ्जमा शुक्रबारदेखि १४औं नेपाल कानुन ब्यवसायी राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपालगञ्जको कारकादोस्थित होटल सिद्वार्थभ्यूमा भएको कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

११ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनमा न्यायपालिकाको पछिल्लो अवस्थाका विषयमा गम्भीर छलफल भई धारणा सार्वजनिक हुने बारले जनाएको छ । सम्मेलनमा देशभरका तीन हजार बढी कानुन व्यवसायीको सहभागिता रहेको छ ।

यसै गरी राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुको समेत सहभागिता रहेको बारका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटाले जानकारी दिए । सम्मेलनको महत्वपूर्ण पक्ष १० वटा कार्यपत्रमाथि टिप्पणी हुने छ । अन्त्यमा नेपालगञ्ज घोषणापत्र जारी गरी समापन हुने छ ।

सम्मेलनमा डा. सुर्यप्रकाश ढुंगेल, डा. युवराज संग्रौला, उपेन्द्रकेशरी न्यौपाने, डा. कुमार ईङनाम, डा.सशिकुमारी अधिकारी, डा. रामकृष्ण तिमिल्सेना, गोविन्द बन्दी र डा. दिनमणी पोख्रेलले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । नेपाल बारको ६१ वर्षको इतिहासमा नारायणी पश्चिम पहिलो पटक राष्ट्रिय सम्मेलन भइरहेको हो ।

सम्मेलनमा कायममुकायम प्रधानन्यायधीश दीपकराज जोशी, सभामुख कृष्णाबहादुर महरा, महान्यायधीवक्ता अग्नी खरेल, मुख्यमन्त्री शंकर पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १० गते शनिबार