नेपालगन्जबाट कार्यालय अन्यत्र सारिएकोमा विरोध



नेपालगन्ज ।

नेपालगन्जबाट अन्य सहरमा एकपछि अर्को गरी कार्यालय सार्न थालेपछि त्यसको प्रतिवाद गर्न लागिएको छ ।

भएभरका सरकारी तथा गैरसरकारी निकायका क्षेत्रीय कार्यालय अन्त सारिएको छ । यसैक्रममा बिहीबार राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक कार्यालय नेपालगन्जबाट बुटवल सार्न लागेको खबर पाएपछि कार्यालयमा ताला लगाइएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्व टिमले नेपालगन्जस्थित कार्यालयमा तालाबन्दी गरेको संघका अध्यक्ष टंकबहादुर धामीले जानकारी दिए । निर्णय तुरुन्त पुनर्विचार गर्नमाग समेत गरिएको उनले बताए ।

संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले तालाबन्दी नेपालगन्जबाट एकपछि अर्को गरी अन्त सारेर नेपालगन्ज सुनसान बनाउने कार्यको सांकेतिक प्रतिरोध भएको दाबी गरे ।

नेपालगन्जको भविष्यका लागि सरकारलाई दबाब दिन ढिलो भएको तर अब चुपचाप नबस्ने संघले चेतावनी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर १५ गते शुक्रबार