हमासको चंगुलबाट बन्धक छुटाउनसमेत इजरायल असफल रह्यो । उसले सारा उपाय लगाउँदा पनि ऊ बन्धकसम्म पुग्न सकेन । यतिसम्मकि हमासले बन्धकहरूलाई कहाँ लुकाएको छ भन्ने सुइकोसम्म पाएन । कुनै बेलाको गुल्जार गाजा सहर खण्डहरमा परिणत भएको थियो । सहरका गगनचुम्बी भवनहरू जमिनमा इँटा, बालुवा र फलामका थुप्रामा परिणत भएका थिए । स्कुल, कलेज र मस्जिद खण्डहर बनेका थिए । मानिसहरूको जीवन नारकीय भएको थियो । हजारौँ बालबालिका, महिला र पुरुषहरू सदाका लागि अस्ताएका थिए । हजारौँ मानिस युद्वमा घाइते भएका थिए । उनीहरूको उपचार गर्ने अस्पताल बन्द भएका थिए ।
सागर गैरे ।
असोज २० गते हमासले इजरायलमा अप्रत्याशित रूपमा भिषण आक्रमण गरेको थियो । त्यतिबेला हमासको लक्ष्य जतिसक्दो बढी इजरायललाई चोट दिने थियो ।
बढीभन्दा बढी हत्या, आगजनी र सकेसम्म धेरै इजरायली नागरिकलाई बन्धक बनाएर गाजामा ल्याउने र तिनै बन्धकको आडमा इजरायली जेलमा रहेका आफ्ना कार्यकर्ता र प्यालेस्टिनी बन्दीहरूको रिहाइ गर्न दबाब दिने उनीहरूको उद्देश्य थियो ।
हमासले एकाबिहानै साढे ६ बजे इजरायली सीमामा हमला गरेको थियो । युद्वमा १२ सय बढी इजरायली मारिएका थिए । ठूलो धनजनको क्षति भयो । इजरायल छिरेर उनीहरूले बढीभन्दा बढी इजरायलीलाई बन्धक बनाएर गाजाका सुरुङमा लुकाएका थिए ।
इजरायलले हमासको विरुद्व गाजामा जवाफी हमला ग¥यो । लडाइँ ६ हप्तासम्म निरन्तर चलिरह्यो । इजरायली हमलाले गाजा सहर पुरै खण्डहर बन्यो । लाखौँ मानिस विस्थापित भए । सीधा भन्नुपर्दा इजरायलले बदलाको नाममा गाजामा नरसंहार नै मच्चायो । अमेरिका र पश्चिमी राष्ट्रहरूले इजरायलीलाई युद्व रोक्न दबाब दिएजस्तो गरिरहे । अमेरिकी राष्ट्रपतिदेखि विदेशमन्त्रीसम्म इजरायल र मध्यपूर्वका देशहरू दौडिरहे ।
खासमा अमेरिका नै मध्यपूर्वमा युद्व भड्कियोस भन्ने चाहन्थ्यो । उसले इजरायल र अरब देशलाई चाहेजति हतियार बेच्यो । उसको सन्तुलन गुमाउँदै गएको अर्थतन्त्रले थोरै भए पनि त्राण पायो । इजरायलले गाजामा रिस पोख्न पायो । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु गाजा पुगेर भाषण गरे । गाजामा अब इजरायलको नियन्त्रण छ । प्यालेस्टिनी नागरिकहरू उत्तरी गाजाबाट दक्षिणी गाजा लखेटिएका छन् । उनीहरूलाई दक्षिणबाट पनि यसैगरी लखेटिनेछ ।
इजरायल र अमेरिकाले सोचेजस्तो पक्कै हुनेछैन । गाजाको विनाश बिस्तारै अन्तर्राष्ट्रियकरण हुँदै छ । मानिसहरू गाजा युद्व अविलम्ब रोकिनुपर्छ भन्दै संगठित भइरहेका छन् ।
इजरायलको हताशा र प्यालेस्टायनको विनाश लीला
युद्वमा इजरायल हमासको तुलनामा जतिसुकै हाबी देखिए पनि उसलाई अपेक्षित सफलता मिलिरहेको थिएन । उसले बिश्वको कसैको कुरा नसुनेर लगातार आक्रमण जारी राखेको थियो । तर आफ्नै देशभित्र बन्धकका परिवारले इजरायली सरकारलाई लगातार दबाब दिइरहेका
थिए । अलसिफा अस्पतालमा उसले सोचेजस्तो सफलता भेटेन । हमासको चंगुलबाट बन्धक छुटाउनसमेत इजरायल असफल रह्यो ।
उसले सारा उपाय लगाउँदा पनि ऊ बन्धकसम्म पुग्न सकेन । यतिसम्मकि हमासले बन्धकहरूलाई कहाँ लुकाएको छ भन्ने सुइकोसम्म पाएन ।
कुनै बेलाको गुल्जार गाजा सहर खण्डहरमा परिणत भएको थियो । सहरका गगनचुम्बी भवनहरू जमिनमा इँटा, बालुवा र फलामका थुप्रामा परिणत भएका थिए । स्कुल, कलेज र मस्जिद खण्डहर बनेका थिए । मानिसहरूको जीवन नारकीय भएको थियो ।
हजारौँ बालबालिका, महिला र पुरुषहरू सदाका लागि अस्ताएका थिए । हजारौँ मानिस युद्वमा घाइते भएका थिए । उनीहरूको उपचार गर्ने अस्पताल बन्द भएका थिए । जता हे¥यो त्यतै चरम निराशा मात्रै थियो ।
यस्तैमा युद्धमैदानबाट युद्धबिरामको माहोल बन्यो । युद्धबिरामसँगै हमास–इजरायल लडाइँमा नयाँ मोड आएको छ । रात दिनको बमको वर्षा थामिएको छ । गोला बारुदको धुँवा उड्न छोडेको छ । बमको आवाज मत्थर भएको छ ।
कतारको कूटनीतिक पहल
विश्व मानचित्रमा मध्यपूर्वको कतार निकै सानो मुलुक मानिन्छ जसको जनसंख्या मात्र २७ लाख रहेको छ । कतार मध्यपूर्वको सबैभन्दा समृद्व देश हो । कतारको चर्चा हिजोआज निकै चुलिएको छ ।
त्यो हो कतारले केही वर्षयता निभाउँदै आएको कूटनीतिक भूमिका । कतारले एउटा तटस्थ कूटनीतिक राष्ट्रको रूपमा आफ्नो प्रभाव विश्वव्यापी बनाउँदै गएको छ । उसले अमेरिका–इरान, रसिया–युक्रेन, अमेरिका–तालिवान जस्ता अनेकन मुद्दामा आफ्नो कूटनीतिक सामथ्र्य र कौशल प्रयोग गरी बन्धकहरूको सकुशल साटफेर र रिहाइ गरेर आफूलाई सबैको विश्वसनीय साथीको रूपमा प्रमाणित गरेको थियो ।
कतारको कूटनीतिक विश्वसनीयता नै युद्व रोक्ने कडी बन्ने सम्भावना बन्यो । इजरायलमाथि अमेरिकाको चर्काे दबाब थियो । इजरायलले गाजामा मच्चाएको नरसंहार रोक्न अमेरिकालाई चौतर्फी दबाब परिरहेको थियो । अमेरिकाले भरपर्दाे मध्यस्थकर्ताको रूपमा कतारको छनोट ग¥यो । कतारको हमास, इजरायल र अमेरिका तीनवटै देशसँग राम्रो सम्बन्ध थियो । अमेरिकाले कतारका साथै इजिप्टसँग पनि छलफल चलायो । कतारले हमासलाई मनायो ।
मध्यस्थता गर्नुपूर्व कतारले इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग एउटा सर्त राख्यो । इजरायलले आफ्नो भूमिमा पसेर कुनै पनि हमास नेतृत्वको हत्या गर्ने छैन । इजरायलले वचन दिएपछि मात्रै कतारले वार्ताको पहल सुरु ग¥यो । स्मरण रहोस् इजरायलको जासुसी संस्था मोसादले विगतमा गरेका भयानक गुप्त कारबाहीहरू यसका नजिर छन् । भनिन्छ, मोसादले आफ्ना दुश्मनहरूलाई जमिनमुनि गएर होस् वा पानीमुनि गएर पनि बाँकी छोड्दैनन भनिन्छ ।
कैयौँ छलफल र कसरतपछि इजरायल र हमास युद्वबिराम गर्न सहमत भए । युद्वबिराममा दुवै पक्षबाट हमला नगर्ने प्रतिबद्वता आयो । अन्तर्राष्ट्रिय संघसस्थाहरू मैदानमा खटिए ।
हरेक बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म बन्धक छोडिने सहमति बन्यो । युद्वबिराम मात्र चार दिनका लागि मात्रै हुने र हरेक दिन १३ बन्धक छोडिने सहमति भयो । हमासले युद्वबिराम सकिएपछि पनि दैनिक १० इजरायली बन्धक छोडे थप एक दिन युद्वबिराम गर्ने इजरायलले प्रतिबद्धता जनायो । युद्वबिराम तालिका हेर्दा त सहज र सरल देखिन्थ्यो । व्यवहारमा भनेजस्तो सजिलो थिएन ।
हमासले इजरायलले गाजामा पठाइएका मानवीय सहायता सामग्री रोकेको, गाजामा ड्रोनले जासुसी गरेको, प्यालेस्टिनी नागरिकमाथि आक्रमण गरेको भन्दै बन्धकको रिहाइमा खोँचे थाप्यो । इजरायलले हमासको आरोपको खण्डन ग¥यो । बिहीबार नै युद्वबिराम भए ता पनि शुक्रबार रातिबाट मात्रै बन्धक साटफेर प्रक्रिया सुरु भयो ।
युद्वबिराम र बन्धक साटफेर
दुवै पक्ष चार दिनका लागि गाजामा युद्वबिराम गर्न सहमत भएपछि उनीहरूले चार दिनमा ५० जना इजरायली बन्धक र १ सय ५० जना प्यालेस्टिनी बन्धक साटफेर गरेका छन् । यो अवधिमा गाजामा मानवीय सहायता बोकेका गाडीलाई प्रवेश गर्न दिने सहमति पनि भएको थियो ।
जसअनुसार गाजामा इन्धन, खाद्यान्न औषधि, लत्ताकपडा तथा दैनिक आवश्यकताका सामान बोकेका ट्रकहरू गाजामा प्रवेश गरेका छन् ।
हमास र इजरायलबीच चारबँुदे युद्वबिराम सम्झौता भएको थियो । जसमा हमासले हरेक दिन १०–१२ जनाको समूहमा इजरायली बन्धक छोड्ने र इजरायलले एक जना आफ्ना नागरिकको सट्टामा तीन जना प्यालेस्टिनीलाई रिहा गर्न सहमत भएको थियो ।
युद्वबिराम अवधि चार दिनको रहने र त्यसपछि हमासले दैनिक १० बन्धक छोड्दै गए थप एक दिनका दरले युद्वबिराम लम्ब्याइने सहमति भएको थियो । हमास र इजरायलले गएको बिहीबार युद्वबिराम प्रस्तावमा हस्ताक्षर गरेका थिए । बन्धकको रिहाइ भने शुक्रबार मात्रै सम्भव भएको थियो ।
सम्झौता अनुसार हमासले शुक्रबार राति पहिलो लटका रूपमा इजरायलका १३ नागरिक, थाइल्यान्डका १० र फिलिपिन्सका १ गरी २४ जना बन्धकलाई आफ्नो बन्धनबाट मुक्त गरेको थियो । दोस्रो दिन शनिबार ईजरायलका १३ र थाईल्यान्डका ४ जनालाई छोडेको थियो । त्यस्तै, तेस्रो दिन आइतबार इजरायलका १३ थाइल्यान्डका ३ र रुसका १ गरी १७ जनालाई छोडेको थियो ।
अन्तिम लटको रूपमा युद्वबिराम भएको चौथो दिन अर्थात सोमबार राति हमासले ११ जना इजरायली नागरिकलाई रिहा गरेको छ ।उनीहरूमध्ये ९ जना बालबालिका र दुई जना महिला रहेका छन् । सोही दिन इजरायलले पनि आफ्नो नियन्त्रणमा रहेका ३३ जना प्यालेस्टिनी नागरिकलाई रिहा गरेको छ । चार दिने युद्वबिराम अवधिमा इजरायलले १ सय ५० जना प्यालेस्टिनी नागरिकलाई रिहा गरिसकेको छ ।
दुवै तर्फबाट रिहा गरिएका बन्धक र कैदीबन्दीमा अधिकांश वृद्ववृद्वा, बालबालिका, महिला र अशक्त छन् । दुवै पक्षले उनीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई जिम्मा लगाएपछि रेडक्रसले उनीहरूलाई गन्तव्यसम्म पु¥याएका थिए ।
बन्धकहरूले आफ्नो रिहाइसँगै नयाँ जीवन पाएको महसुस गरेका छन् । स्थानीय र आफन्तजनले उनीहरूको भव्य स्वागत गरेका छन् । उनीहरूमा अपार उत्साह देखिन्थ्यो । मानिसहरू खुसीले चिच्याएका थिए । कोही निकै भावुक भएका देखिन्थे । गाजामा मानिसहरूको ठूलो भीड जम्मा भएको थियो । भीड बढ्दै गएर ¥यालीमा बदलिएको थियो ।
मानिसहरू नाराबाजी गरिरहेका देखिन्थे । उनीहरूले रिहा गरिएका बन्दीलाई अँगालोमा बेरेका, काँधमा राखेर घुमाएका दृश्य भावुक बनाउने खालका थिए । यी दृश्यहरू विश्वभरका सञ्चारमाध्यमले प्रमुखताका साथ प्रसारण गरेका थिए । बन्धकहरू मृत्युको मुखबाट फर्किएर आएका थिए ।
अब युद्व समाप्त होला त
इजरायलको लक्ष्य हमासको सफाया र बन्धकको रिहाइ भएको र यी दुई उद्देश्यमा जबसम्म सफलता हात पर्दैन तबसम्म लडाइँ नरोकिने धम्की उसले लगातार दिइरहेको छ । गाजाको आकाशमा धुँवाको बादल हटेको छ ।
लडाइँ थामिएको छ तर युद्वको बादल अझै हटेको छैन । इजरायली सेनाले पर्चा खसालिरहेको छ । युद्व अझै सकिएको छैन । उनीहरू दक्षिणी गाजामै सुरक्षित रहुन् । उत्तर फर्किने चेष्टा नगरुन् । युद्वबिराम अस्थायी हो । युद्वबिराम युद्वको अन्त्य होइन । युद्व रोकिएको छैन । चार दिनका लागि युद्व स्थगन भएको मात्र हो ।
गाजाबासीले पनि बुझेका छन् लडाइँ सकिएको छैन । हमास अझै सुरुङमै छन् । इजरायल तयारीमै छ । दुवै पक्ष आगामी आक्रमणलाई कसरी सफल बनाउने भन्ने ताकमा छन् ।
युद्वबिराम भंग हुन्छ या लम्बिन्छ । सबैको चासो र चिन्ता यसैमा छ । विश्वभरका कोही पनि युद्व लम्बियोस् भन्ने चाँहदैनन् ।
गाजाबासीहरू युद्वबिरामको मौकामा आफू बसेको बस्ती हेर्न चाहन्छन् । उनीहरू आफूसँग भएका एकसरो लुगामा भागेका थिए । जहाँ हातमुख धुन, नुहाउन पर्याप्त पानी थिएन । राम्ररी सुत्नसमेत पाएका थिएनन् । पर्याप्त शौचालय थिएनन् । एउटै भवनमा खाँदिएर बसेका थिए ।
गाजाबासीलाई खाना, पानी, इन्धन, खाद्यान्न र बिजुलीबत्तीबाट जानाजान वञ्चित गर्नु इजरायलको सबैभन्दा ठूलो पाखण्ड र नरसंहार हो भन्ने विश्वको बुझाइ छ । आधुनिक र सभ्य मानव समाजमा यो जत्तिको निर्लज्जता अरू के हुन सक्छ र ?
अहिलेलाई यति आशा गर्न सकिन्छ, युद्वबिरामले गाजामा मानवीय सहयोग गर्ने मौका मिलेको छ । गाजामा निकै कस्टकर स्थिति थियो ।
तत्काललाई हमास र इजरायल थप दुई दिन युद्वबिराम गर्न सहमत भएका छन् । दुई दिनपछि फेरि युद्ध नहोस् । सबै यही चाहन्छन् ।
४६ दिनको भिषण युद्धपछि बनेको युद्धबिराम फेरि भंग नहोस् । गाजाका भग्नावशेष पन्छाएर त्यहाँ फेरि स्कुल खुलुन् । अस्पतालहरू फेरि सञ्चालनमा आउन् ।
इजरायल आज जुन ठाउँमा उभिएको छ कुनै बेला त्यो प्यालेस्टिनीको चिहान थियो । प्यालेस्टिनीलाई लखेटेर, उजाडेर इजरायल कहिल्यै सुखसँग बस्न सक्दैन । इजरायल र उसको संरक्षक देश अमेरिका अनि इजरायली खेमाका पश्चिमी देशहरूले बुझ्नैपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्