कोहलपुरबाट लागुऔषध चरेस र अफिमसहित रोकाया पक्राउ



बाँके ।

कोहलपुरबाट प्रहरीले लागुऔषध अफिम र चरेससहित एक जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका– ११ स्थित पूरानो बसपार्क नजिकैबाट प्रहरीले शुक्रबार अफिम र चरेससहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पलाता गाउँपालिका– ३ कालिकोटका ४९ वर्षीय धन रोकाया रहेको इलाका प्रहरी कार्यालय कोहलपुरमा सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

उनीलाई इलाका प्रहरी कार्यालय कोहलपुर र लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका रोकायाले बोकेको झोला खानतलासी गर्दा चरेस र अफिस बरामद भएको प्रहरी निरीक्षक भट्टराईले बताए ।

झोलाबाट चरेस जस्तो देखिने कालो पदार्थ ३ किलो २०० ग्राम र अफिस जस्तो देखिने कालो पदार्थ १ किलो ९ सय ग्राम बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीले पक्राउ परेका रोकायाको झोलाबाट चरेस र अफिमका साथै २५ हजार नगद नेपाली रुपैयाँ, डिजिटल तौल मेसिन एक थान र मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ परेका रोकायालाई बाँके जिल्ला अदालतबाट हिरासतमा राख्नको लागि पाँच दिनको अनुमती लिएर अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर ११ गते सोमबार