19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

पुस २६ गतेदेखि बाँसगढीमा माघी महोत्सव हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर १०, २०८०  

बाँके ।

बर्दियाको बाँसगढीमा माघी महोसत्सवको आयोजना हुने भएको छ । बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा पुस अन्तिम साताबाट माघसम्म महोत्सवको आयोजना सञ्चालन गरिने जानकारी दिइएको छ ।

बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीनाथ बरालले महोत्सवको छैटौँ संस्करणको तयारी सुरु भएको बताए । उनका अनुसार महोत्सवको नाम ‘छैटौँ बाँसगढी ओैद्योगिक, कृषि, व्यापार मेला तथा बर्दिया माघी महोत्सव–२०८०’ राखिएको छ ।

महोत्सव पुस महिनाको २६ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । १२ दिनसम्म सञ्चालन हुने उक्त महोसत्व माघ ८ गतेसम्म चल्नेछ । महोत्सव आयोजनाका लागि विभिन्न समिति समेत गठन गरिसकेको अध्यक्ष बरालले जानकारी दिए ।

महोत्सवको तयारीअन्तर्गत बाँसगढी उद्योग वाणिज्य संघको फेसबुक वेबसाइटबाट लोगोसमेत सार्वजनिक भइसकेको छ । महोत्सवमा स्थानीय कला संस्कृतिको प्रदर्शनी, भेषभूषाको प्रचार–प्रसार तथा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ ।

प्रकाशित मितिः आइतवार, मंसिर १०, २०८०     8:28:08 AM  |