प्रसाईंको प्रदर्शन लक्षित तिनकुनेमा व्यापक प्रहरी परिचालन



काठमाडौँ ।

काठमाडौँको तिनकुने आसपासमा स्थानीय प्रशासनले व्यापक प्रहरी परिचालन गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आजबाट व्यवस्था परिवर्तन गर्ने भन्दै तिनकुने क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

साथै उनले तिनकुनेमा भेला भएर समर्थकहरुलाई संसद र सिंहदरवार घेर्न जान समर्थकहरुलाई ह्वीप जारी गरेका थिए । लगत्तै काठमडौँ जिल्ला प्रशासनले सो क्षेत्रमा प्रदर्शनका लागि अनुमति नदिएको प्रस्ट पारेको थियो ।

प्रशासनको आदेशविपरित प्रसाईं समर्थकहरु तिनकुनेमा भेला हुन थालिसकेका छन् । उनीहरुलाई प्रहरी उक्त क्षेत्रमा कामविना भेला नहुन भन्दै सम्झाएर पठाइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर ८ गते शुक्रबार