कोहलपुर ।
बर्दियाको गुलरिया नगरपालिकाका २० वर्षीय बरुण घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
हत्यामा संलग्न भएको आरोप लागेका ३ जना फरारमध्ये एक जना गुलरिया नगरपालिका–६ का सुरेश भनिने सुयस थापालाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
गुलरिया नगरपालिका–५ सुलेहवामा गत कात्तिक २७ गते राति सुलभ थापालगायतका व्यक्तिहरूको समूहले विभिन्न हातहतियार प्रयोग गरी बरुणको हत्या गरेको आरोप लागेको छ । अन्य आरोपित ८ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
फरार तीन जनामध्ये दुई जना भने अझै फरार छन् । फरार अभियुक्तहरूको खोजी कार्य जारी रहेको तथा घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
प्रकाशित मिति : २०८० मंसिर ५ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्