सुर्खेत ।
गुर्भाकोट नगरपालिका–४ मा स्यालको टोकाइबाट पाँच जना स्थानीय घाइते भएका छन् । स्यालको टोकाइबाट त्यति नै संख्यामा पशुचौपायासमेत घाइते भएको वडाध्यक्ष राम डाँगीले जानकारी दिए ।
स्यालको टोकाइबाट घाइते हुनेमा डिलबहादुर गाइन, लक्ष्मी गाइन, खिमीदेवी खड्का, भक्तबहादुर खत्री, मिना ओली रहेका छन् । राजेन्द्रबहादुर शाहको भैँसी, पाडो र गोरु स्यालको टोकाइबाट घाइते भएका छन् ।
जंगलछेउका सर्वसाधारण स्याल आतंकका कारण त्रासमा छन् । स्याल नियन्त्रणको उपाय नहुँदा जुनसुकै बेला जस्तोसुकै दुर्घटना हुन सक्ने डरत्रास रहेको वडाध्यक्ष डाँगी बताउँछन् । नजिकै रहेको जंगलबाट स्याल सहजै गाउँ पस्ने गरेका छन् । पहिला राति मात्रै आउने गरेकोमा आजभोलि दिउँसै गाउँ पस्ने गरेको पाइएको छ ।
स्यालको टोकाइबाट घाइते सर्वसाधारणलाई उपचारका लागि मेहलकुनास्थित अस्पतालमा लगिएको छ भने पशुचौपायहरूको पशुसेवा शाखाबाट उपचारको व्यवस्था मिलाइएको वडा कार्यालयले जानकारी दिएको छ ।
स्याल आतंकबाट जोगिने उपायको खोजी भइरहेको बताउँदै वडाध्यक्ष डाँगीले सावधानी अपनाउन स्थानीयलाई अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्