नेपालगन्ज ।
टीम बाइपासको अध्यक्षमा पुन ः ओविराज आचार्य चयन भएका छन् । नेपालगन्ज उपमहानगरपालिका १ र १८ नम्बर वडाका युवाको शनिबार भएको भेलाले आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।
समाजसेवालाई प्रमुख प्राथमिकता राखेको टीम बाइपासले सामाजिक सेवाका विभिन्न कार्यक्रम गर्दै आएको छ ।
विक्रम सम्बत् ०७८ सालमा गठन भएको टीम बाइपासले वडामा रहेका विपन्न परिवार तथा डेरामा बस्दै आएकालाई सहयोग गर्दै आएको अध्यक्ष आचार्यले जानकारी दिए ।
उनले बहालमा बस्नेहरूको परिवारका सदस्यको मृत्यु भए क्रियापुत्री बस्ने घर र लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आएको बताए । संस्थाले सरसफाइलगायतका कार्यमा स्थानीय सरकारसँग सहकार्य गर्दै टोलको विकासमा सहयोग गर्दै आएको छ ।
भेलाले उपाध्यक्षमा नेत्र ज्ञवाली, सचिव सुनिल घिमिरे, कोषाध्यक्षमा निलबहादुर ओली तथा सदस्यहरूमा हेमन्त अधिकारी, लक्ष्मण पन्थी र सुनिल उपाध्यायलाई चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्