17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

इजरायलले गाजामा दैनिक दुई इन्धनको ट्याङ्कर जान दिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर २, २०८०  

एजेन्सी ।

इजरायलले गाजामा हरेक दिन दुईवटा इन्धनका ट्याङ्करहरूप्रवेश गर्न दिने बताएको छ। अमेरिकाको दबाबपछि इजरायलले यो निर्णय गरेको हो।

अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूले गाजामा हरेक दिन १ लाख ४० हजार लिटर इन्धन आपूर्ति गर्न अनुमति दिइने बताएका छन्।

यो इन्धन संयुक्त राष्ट्र संघद्वारा सञ्चालित सहायता ट्रक र राहत कार्यमा प्रयोग गरिनेछ।

बाँकी इन्धन मोबाइल फोन र इन्टरनेट सेवामा प्रयोग गरिने छ। इन्धन अभावका कारण गाजामा यी सेवाहरू ठप्प छन्।

प्यालेस्टिनी शरणार्थीका लागि काम गरिरहेको संयुक्त राष्ट्रसंघीय निकायले त्यहाँ आधारभूत मानवीय सहायता कार्यका लागि दैनिक १ लाख ६० हजार लिटर इन्धन आवश्यक पर्ने बताएको छ।

प्रकाशित मितिः शनिबार, मंसिर २, २०८०     9:12:04 AM  |