बर्दियामा खुकुरी प्रहार गरी युवकको हत्या



बर्दिया ।

बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ ।

गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो ।

गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

गएराति दुई समूहबीच झगडा भएको थियो ।

झडपमा संलग्न व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक २७ गते सोमबार