21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक २६, २०८०  

धादिङ ।

धादिङमा भूकम्प गएको छ।

गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

हल्का धक्का भएकाले भूकम्पबाट क्षति भएको सूचना नआएको ज्वालामुखी-५ का वडाध्यक्ष टंकप्रसाद काप्रीले जानकारी दिए।

धादिङको खरी केन्द्रबिन्दु बनाएर कात्तिक ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यस दिन ४ म्याग्नेच्युडमाथिका आधा दर्जन बढी पराकम्प आएको थियो।

प्रकाशित मितिः आइतवार, कार्तिक २६, २०८०     7:47:05 AM  |