बाँके ।
कर्मचारी मिलन केन्द्र बाँकेले बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीबाट मुगुको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका टोपेन्द्र केसीको बिदाइ तथा बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा हालै सरुवा भई आएका लालबहादुर गुरुङलाई स्वागत गरेको छ ।
उक्त स्वागत तथा बिदाइ कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, कर्मचारी मिलन केन्द्र बाँकेका अध्यक्ष खडानन्द अधिकारी, उपाध्यक्ष गोविन्दप्रसाद पाण्डे तथा मिलन केन्द्रका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
समारोहमा बाँकेको धार्मिक, सांस्कृतिक र पर्यटकीय झलकसहितको मायाको चिनो उपहार दिएर खादामालासहित उनीहरूलाई स्वागत तथा बिदाइ गरिएको थियो ।
प्रकाशित मिति : २०८० कात्तिक २२ गते बुधबार
प्रतिक्रिया दिनुहोस्