बाँके ।
वडा प्रहरी कार्यालय नेपालगन्जले ६४ हजार नगदसहित ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक हरिबहादुर बिसी नेतृत्वको टोलीले नेपालगन्ज–१० भृकृटीनगरबाट जुवा खालमा छापा मारेर जुवाडेहरूलाई पक्राउ गरेको हो ।
स्थानीय निर्मल थापाको घरमा जुवा खेलिरहेको अवस्थामा ६४ हजार नगदसहित ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
जुवा खालबाट पक्राउ पर्नेमा घरधनी थापा, सोही ठाउँका गणेश मल्ल र जेबी सोनी, नेपालगन्ज–४ का जिवानन्द अधिकारी र बादल योगी, नेपालगन्ज–१८ का बिशाल जोशी, नेपालगन्ज–१ का सागर गिरी, नेपालगन्ज–१० का आकाश ठकुरी र लम्कीचुहा नगरपालिका–१ कैलालीका सागर रावत रहेका छन् ।
उनीहरूको साथ नगद ६४ हजार ९ सय रुपैयाँ र तास समेत बरामद गरिएको डिएसपी डाँगीले जानकारी दिए । उनीहरूलाई जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्