जाजरकोट ।
जाजरकोटमा सोमबार अपराह्न नौ मिनेटको अन्तरमा चार म्याग्निच्युडमाथिका भूकम्पका दुई धक्का मापन गरिएको छ ।
अपराह्न ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ५.८ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
त्यसको नौ मिनेटपछि अर्थात् अपराह्न ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जनाएको छ । गएको शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
आजको धक्का सोही भूकम्पको परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बाह्रखरीलाई जानकारी दिए । ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
प्रकाशित मिति : २०८० कात्तिक २० गते सोमबार
प्रतिक्रिया दिनुहोस्