सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक जारी छ। ‍सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

बैठकले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा राहत दिने विषयमा छलफल र निर्णय गर्नेछ।

शनिबार प्रधानमन्त्री प्रचण्ड आफैं जाजरकोट र रूकुम पश्चिम पुगेर भूकम्पले पुर्‍याएको क्षति निरीक्षण गरी काठमाडौं फर्किएलगत्तै मन्त्रिपरिषद्को बैठक बोलाएका थिए।

प्रधानमन्त्री प्रचण्डले आजै बिहान ९ बजे बस्नेगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएको पनि प्रेस सल्लाहकार आचार्यले जानकारी दिए।

जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति ११:४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पले दुई जिल्लाका भौतिक संरचनाहरू नष्ट पारेको छ।

भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन् भने हजारौं घरविहीन भएका छन्। भूकम्पपीडितलाई राहत र पुनस्थापनाका लागि निर्णय गर्न बैठक बसिरहेको छ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १९ गते आइतबार