13 June 2024  |   शुक्रबार, असार १, २०८१

भूकम्प प्रभावित क्षेत्र पुगे प्रधानमन्त्री दाहाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०  

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारको लागि जाजरकोट पुगेका छन् ।

स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि पनि तीनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ।

गएरातिको शक्तिशाली भूकम्पले जाजरकोटमा व्यापक जनधनको क्षति भएको छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०     8:36:12 AM  |