13 June 2024  |   शुक्रबार, असार १, २०८१

उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज मेडिकल टीमसहित उड्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०  

काठमाडौँ ।

भूकम्पबाट घाइते भएकाहरूको उद्दारका लागि नेपाल एयरलाइन्सको जहाज पनि परिचालन गरिएको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश कुमार पौडेलले घाइते भएकाहरूको उद्धारका लागि एयरलाइन्सको ९एन–एबीटी कलसाइनको १९ सिटर ट्विनअटर जहाज मेडिकल टिमसहित रुकुमको चौरजहारी विमानस्थल पठाउन लागेको जानकारी दिए ।

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको शक्तिशाली भूकम्पले व्यापक भौतिक र जनधनको क्षति भएको छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०     8:13:29 AM  |