काठमाडाैंं ।
कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार ६.४ म्याग्ननिच्युडको भूकम्प जाँदा रुकुमको आठविसकोटमा एकैघरका ६ जनाको ज्यान गएको छ।
प्रारम्भिक विवरण अनुसार उनीहरु रातिको समय भएको र घर बाहिर निस्कन नसक्दा परिवरका सबै भूकम्पमा परेको अनुमान प्रहरीले गरेको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ स्यानीबर्खुमा २ जना र ठूलीबार्खुमा २ जनाको ज्यान गएको स्थानीय दलजित सेर्पालीले बताए। उनले कयौं घरहरु भत्किएको र धेरैजनाको हताहती भएको हुनसक्ने उनले आशंका गरे। तर मध्यराति भएकाले क्षतिको विवरण आधिकारिक प्राप्त हुन सकिरहेको छैन।
प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार
प्रतिक्रिया दिनुहोस्