काठमाडौं ।
खुँडा प्रहार गरी व्यक्ति हत्या गर्ने गुण्डा नाइके योगराज ढकाल ‘रिगल’लाई सरकारले दिएको माफीविरुद्ध परेको मुद्दामा सुनुवाइ सुरु भएको छ।
मंगलबार बहस नसकिएपछि हेर्दाहेर्दैका लागि राखिएको मुद्दामा सर्वोच्चमा सुनुवाइ सुरु भएको हो। न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा,सपना प्रधान मल्ल र कुमार चुडालको पुर्ण इजलासमा सुनावाइ भइरहेको छ।
भारती शेर्पाले दायर गरेको रिटमा निवेदकको बहस सकिएर सरकारी पक्षले बचाउ बहस गरिरहेको छ। नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले मंगलबारको निरन्तर बहस सुरु गरेका छन्।
उनीपछि रिगल, राष्ट्रपति कार्यालय सहित प्रतिवादीका कानुन व्यवसायीहरुले बहस गर्नेछन्। उनीहरुको बहसपछि निवेदकले जवाफी बहसका लागि केही समय पाउनेछन्। जवाफी बहस आजै सकेर फैसला सुनाउने सर्वोच्चको तयारी छ।
सर्वोच्चले रिगललाई पुन थुनामा पठाउने कि सरकारले दिएको माफी सदर गर्ने भन्नेबारे निर्णय सुनाउनेछ। यदि सर्वोच्चले राष्ट्रपतिले दिएको सजाय माफी गलत ठहर गर्यो भने रिगल पुन पक्राउ पर्नेछन्। उनलाई बाँकी कैदका लागि थुनामा राखिनेछ।
प्रतिक्रिया दिनुहोस्