इजरायलमा ज्यान गुमाएका विद्यार्थीको शव काठमाडौं ल्याइयो



काठमाडौं ।

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।

इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव आइतबार बिहान ल्याइएको हो। चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको छ।

इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको हो।

इजरायलस्थित नेपाली दूतावासका अनुसार बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको छ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक ५ गते आइतबार