बाँके ।
धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।
आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
काठमाडौं उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । सो भूकम्प २०७२ सालको ‘गोरखा भूकम्प’को परम्कप भएको उनले बताए ।
प्रकाशित मिति : २०८० कात्तिक ५ गते आइतबार









प्रतिक्रिया दिनुहोस्