नेपालगन्ज ।
मंगलबारबाट अशान्त बनेको नेपालगन्जमा दिउँसोको समयमा कर्फ्यु हटाएर निषेधाज्ञा जारि गरिएको छ ।
अवस्था सामान्य बन्दै गएपछि दिनभरका लागि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासान कार्यालय, बाँकेले जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले अहिले अवस्था सामान्य बन्दै गएपछि बिहीबार बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।
दिउँसोको समयमा जिल्ला प्रशासन कार्यालय, बाँकेले तोकेको चारकिल्ला भित्र कुनै पनि सभा सम्मेलन, प्रचारका साथै ५ जना भन्दा बढि व्यक्ति समूहमा हिडडुल गर्न नपाउने गरि निषेधाज्ञा जारी गरिएको छ ।
प्रकाशित मिति : २०८० असोज १८ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्