कोहलपुरमा इन्टरनेटको तार जोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु



बाँके ।

कोहलपुरमा इन्टरनेटको तार जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । कोहलपुर– २ विकासनगरमा आइतबार इन्टरनेटको तार जोड्न बिजुलीको पोलमा चढेका बेला करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेका सुर्खेत घर भएका १९ वर्षीय गौतम ओली रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । करेन्ट लागेर बिजुलीको पोलबाट खसेका ओलीलाई स्थानीयहरुले तत्काल उद्दार गरेर अस्पताल पु¥याएका थिए ।

अस्पताल पु¥याएलगत्तै उनीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८० भदौ ११ गते सोमबार