21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी भीरबाट खस्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन १२, २०८०  

थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना भएको छ।

थानकोटबाट चित्लाङ जाँदै गरेको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।

दुर्घघटनामा एक जना गम्भीर घाइते भएका छन्। गाडीमा पाँच जना सवार रहेकोमा बाँकीलाई सकुशल उद्दार गरिरएको डिएसपी अधिकारीले बताए।

गाडि सडकबाट खसेर भीरको बीचमा अड्किएको उनले बताए। थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगिसकेको उनले बताए।

प्रकाशित मितिः शुक्रबार, साउन १२, २०८०     2:09:00 PM  |