दुई क्रुजर मोटरसाइकल नेपाल आउँदै, कति पर्ला मूल्य ?



काठमाडौं ।

नेपालमा दुई प्रिमियम क्रुजर मोटरसाइकल आउने भएको छ । दुई ब्राण्डले रोयल इनफिल्डको हन्टर र टीभीएसको रोनीन सार्वजनिक हुँदैछ ।

दुबै ब्राण्डले आगामी भदौमा हुने नाडा अटो शो २०२३ मा रोनीन र हन्टर दुबै मोडल सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । रोनीन टीभीएसको प्रिमियम सेग्मेन्टमा उपलब्ध मोडल हो भने हन्टर रोयल इनफिल्डको सबैभन्दा कम मूल्यको मोटरसाइकल हो ।

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले रोनीन नेपालमा परिक्षण पुरा गरिसकेको छ । सम्भवत अटो शो अगाडि नै यसलाई सार्वजनिक गर्नेछ । टीभीएस रोनीन नेपालमा नै एसेम्बल हुनेछ ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी अल्फा अटो मोटिभ्सले क्लासीक ३५० भन्दा कम मूल्यमा हन्टर ३५० सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले हन्टर ३५० पनि नेपालमा नै एसेम्वल गर्नेछ ।
यी दुबै मोटरसाइकलको मूल्य समान जस्तै हुने अनुमान गर्न सकिन्छ ।

अल्फा अटोमोटिभ्सले ५ लाख रुपैयाँमा नै क्लासिक ३५० सार्वजनिक गरेर राम्रो ब्यापार गर्दै आएको छ । कम्पनीले हन्टर ५ लाखभन्दा कम मूल्यमा नै ल्याउने अनुमान गर्न सकिन्छ ।

त्यस्तै २२५ सीसी क्षमताको टीभीएस रोनीन पनि ५ लाखभन्दा कम मूल्यमा नै आउने अनुमान गर्न सकिन्छ । सरकारले नेपालमा नै एसेम्वल हुने मोटरसाइकलमा दिएको सहुलियका कारण २०० सीसीभन्दा माथिका मोटरसाइकलको मूल्य घटिरहेको अवस्था छ ।

हन्टर ३५०

भारतीय बजारमा हन्टर ३५० तीन भेरियन्टमा उपलब्ध रहेको छ । यसको वेस भेरियन्टमा डिस्क र रियरमा ड्रम ब्रेक रहेको छ । बेस भेरियन्टमा बेसिक इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ ।

यसको अन्य भेरियन्टमा भने डबल डिस्क ब्रेक तथा कनेक्टेड फिचरसहितको कन्सोलका साथै डबल च्यानल एबीएस उपलब्ध छ । वेस भेरियन्टमा भने सिंगल च्यानल एबीएस पाउन सकिन्छ ।

रोयल इनफिल्डले हन्टरमा ३५० सीसी क्षमताको इन्जिन रहेको छ । कम्पनीले मेटियर ३५० कै समान प्लेटफर्ममा हन्टर ३५० उत्पादन गरेको हो । रोयल इनफिल्डको नयाँ प्लेटर्फम जे सिरिजको इन्जिन हन्टरमा दिइएको छ ।

हन्टरमा रहेको ३४९ सीसीको सिंगल सिलिण्डर, फ्यूल इन्जेक्ट, एसओएचसी एयर एण्ड आयल कुल्ड सिस्टमको इन्जिनले ६१०० आरपीएममा अधिकतम २०.२ हर्सपावर र ४००० आरपीएममा अधिकतम २७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । इन्जिनसँग ५ स्पीडको गियरबक्स उपलब्ध
छ ।

टीभीएस रोनीन

टीभीएस रोनीनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।

यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डीआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।

कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनिनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्फर्टका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।

प्रकाशित मिति : २०८० साउन २ गते मंगलबार