पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागूः घट्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य



काठमाडौं ।

नेपाल आयल निगमले आइतबार मध्य रातिबाट स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको छ। निगमको आइतबार बसेको बोर्ड बैठकले स्वचालित मूल्य कार्यविधि लागू गरेको हो।

‘आज राति १२ बजेबाट लागु हुने गरी स्वाचलित मूल्य कायम गरेका छौं। डिजेलमा २ प्रतिशत र २.५ प्रतिशत नाफा लिने गरी सम्पूर्ण मूल्य स्वचालितमा जाने निर्णय गरेका छौं। एलपी ग्यासमा कुनै पनि नाफा नलिने घोषणा गरेका छौं,’ निगमले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योग सचिवले जनाएका छन्।

निगमले यसअघिको भारतसँगको सबै वक्यौताहरु तिरिसकेको र नेपाल सरकारसँगको ३ अर्ब ५० करोड वक्यौता बाँकी रहेको बताएका छन्।

पेट्रोलमा प्रतिलिटर ६, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँ मूल्य घटेको छ। यसअघिको वर्गीकरणका आधारमा तय गरेको मूल्यमा समान रुपमा घट्ने गरेको आयल निगमले जनाएको छ।

भारतीय बजारभन्दा अब पेट्रोलमा १३.२७ पैसा, डिजेलमा ९.९४ पैसा, हवाई इन्धन २३.८१ (आन्तरिक), बाह्यमा भने केही महँगो छ। ग्यासमा भने १३६ रुपैयाँ सस्तो छ।

यो कार्यविधि अनुसार मूल्य बढेर आएपछि मूल्य बढ्छ र घट्दा घट्नेछ। हवाई इन्धनको मूल्यमा भने स्वचालित मूल्य प्रणाली लागू नहुने निगमले बताएको छ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ३१ गते आइतबार