नेपालगन्ज, व्यापारीहरुको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्यको निर्वाचन मिति तोकिएको छ । बुधबार बसेको बैठकले साउन २० गते निर्वाचन गर्ने मिति तोकेको हो ।

साथै निर्वाचनका लागि नेपालगन्ज उद्योग वाणिज्य संघका कानुनी सल्लाहकार तथा वरिष्ठ अधिवक्ता टीकाजंग सिंहलाई निर्वाचन आयुक्तसमेत नियुक्त गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जिवी ओलीले जनाए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा आधा दर्जन व्यक्तिले दाबी गर्दै आएका छन् ।
प्रकाशित मिति : २०८० असार २१ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्