नेपालगन्ज कारागारका कैदि झुण्डिएको अबस्थामा मृत भेटिए



नेपालगन्ज
बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन् । बाँकेको जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता बिहीवार बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।


गुप्ता डाँका चोरी अभियोगमा तीन वर्ष अघी जेल चलान भएका थिए । गुप्तालाई भेरी अस्पतालमा पोष्टमार्टम पछि घर परिवारको जिम्मा लगाईएको र मृत्युको कारणबारे अनुसन्धान भैरहेको नेपालगन्ज कारागारका सुरक्षा गार्ड प्रमुख प्रहरी सहायक निरिक्षक केशर बहादुर थापाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २१ गते बिहीबार