डाइनामिक विद्यालय : माविमा विज्ञान र स्नातकमा बिबिएस सुरु गर्दै



शुभाकर विश्वकर्मा,कोहलपुर
कोहलपुरकै शिक्षाप्रेमी र समाजसेवी मिलेर स्थापना गरेको विद्यालय हो, डाइनामिक माध्यमिक विद्यालय । यो विद्यालय कोहलपुर–११ मा अवस्थित छ । विद्यालयको स्थापना विक्रम सम्वत् २०५८ सालमा भयो । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट स्वीकृति लिएर २०६२ सालबाट औपचारिकरुपमा सञ्चालनमा आएको थियो ।

‘कोहलपुरमा आमजनताका छोराछोरीलाई शुलभ शुल्कमा अध्यापन गराउने, गुणस्तरीय शिक्षा प्रदान गर्ने,’ विद्यालय स्थापनाको मुख्य उद्देश्य थियो ।
फलस्वरुप बाँके जिल्लामै निजी विद्यालयमा सबैभन्दा शुलभ शुल्क लिने विद्यालयमा डाइनामिक पर्छ । विद्यालयले विद्यार्थीमैत्री शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

‘स्थापनाकालमा हामीले कक्षा ११ र १२ मात्रै सञ्चालन गरेका थियौं । २०७५ सालबाट नर्सरीदेखि पाँचसम्म सञ्चालन ग¥यौं । क्रमशः कक्षा थप्दै एसईईसम्म पु¥याएका छौं,’ विद्यालय प्रिन्सिपल रवीन्द्र रेग्मी भन्छन् । अहिले विद्यालय ‘टेन प्लस टु’ सम्म सञ्चालन भइरहेको छ ।

मावि तहमा कक्षा १० सम्म नेपाल सरकारले निर्धारण गरेको पाठ्यक्रमअनुसार नै पढाइ हुन्छ । कक्षा ११ र १२ भने समूह विभाजन गरिएको छ । उक्त तहमा व्यवस्थापन संकाय, कानुन र शिक्षा संकायमा पढाइ भइरहेको छ । कानुन विषयमा कोहलपुरमा खास्सै अध्यापन हुँदैन ।

कोहलपुरमा भिन्न विषयमा रुपमा कानुन विषय पढाइ भइरहेको उनले बताए । शिक्षा संकायतर्फ, गणित, अंग्रेजी, नेपाली, स्वास्थ्य विषय पढाइ हुन्छ भने व्यवस्थापन संकायतर्फ कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट र बिजनेट स्टडी गरेर तीनवटा विषय पढाइ भइरहेको रेग्मीको भनाइ छ ।


बाँकेमै सबैभन्दा धेरै विद्यार्थी संख्या भएको विद्यालयमा अग्रणीमा आउने नाम नै डाइनामिक हो । यहाँ अध्ययनरत विद्यार्थीहरुकै अभिभावकद्वारा नै यहाँ विज्ञान विषय पनि पढाइ गरिदिएको भए राम्रो हुने थियो भन्ने माग भइ आएबमोजिम दुई वर्ष अगाडि नै विज्ञान विषय पढाउनको लागि अनुमति लिइसकेका छौं ।

यसै शैक्षिकसत्रदेखि विज्ञान विषयका समूह पनि सञ्चालनको प्रयास गरिरहेका छौं । जसअन्तर्गत अहिले विज्ञान ल्याब निर्माण कार्य भइरहेको छ । आगामी शैक्षिकसत्रको साउन महिनादेखि कक्षा ११ मा पनि विज्ञान विषय पढाइ हुन्छ ।

प्रयोगशाला, पुस्तकालयदेखि विद्यार्थीलाई सवारीसम्म
हाम्रो विद्यालयले बाँके जिल्लामै सबैभन्दा सर्वशुलभ शुल्कमा विद्यार्थीहरुलाई अध्ययन गराइरहेको छ । हामीले गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं । कक्षा ११ मा विभिन्न क्षेत्रबाट विद्यार्थी अध्ययनका लागि आउँछन् । उनीहरुलाई घरबाट विद्यालयसम्म आउनको लागि सवारीको व्यवस्था गरेका छौं ।


यस्तो सुविधा प्रदान गर्ने डाइनामिक एउटा मात्रै विद्यालय हो, बाँकेमा । डाइनामिक विद्यालय भौतिक पूर्वाधारले सम्पन्न छ । शिक्षण सिकाइमा आवश्यक पर्ने ल्याब, प्रयोगात्मक विषयका लागि आवश्यक पर्ने सामग्री प्रशस्त छन् । विद्यार्थीको सुविधाका लागि कुनै पनि कसर बाँकी नराख्न विद्यालयले भरपुर प्रयास गरिरहेको छ ।

वातावरणाकूलित कक्षा कोठाको व्यवस्था छ । यस्तै जेहेन्दार विद्यार्थीहरुका लागि विशेष छात्रवृत्तिको समेत व्यवस्था छ । शिक्षा नियामावलीअनुसार दश प्रतिशत छात्रवृत्ति दिने व्यवस्था त छँदैछ । त्यसमा पनि आवश्यकतानुसार गरिब, जेहेन्दार र विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको रेग्मीको दाबी छ ।


यस्तै विभिन्न विधामा क्षमतावान् विद्यार्थीहरुलाई उदाहरणका लागि खेलाडी विद्यार्थीलाई विभिन्न प्रतियोगितामा भाग लिन, आवश्यक तयारी तथा प्रशिक्षणका लागि पनि विशेष छात्रवृत्ति विद्यालयले वितरण गर्दै आएको छ । यहाँको जनशक्ति र विद्यार्थीहरुको कुरा गर्नुहुन्छ भने, कक्षा नर्सरीदेखि कक्षा १० सम्म साढे पाँच सय विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ मा पाँच सय र कक्षा १२ मा पाँच सय गरेर कूल करिब एक हजार ६ सयजना विद्यार्थी छन् ।

ती विद्यार्थीहरुलाई कुशल व्यवस्थापनमार्फत उज्ज्वल भविष्य निर्माणमा विद्यालय लागिपरेको छ । कुशल प्रशासनिक क्षमता भएका कर्मचारी, तालिम प्रदान शिक्षकशिक्षिका र प्लस टुको हकमा १५–२० वर्षदेखि पढाइरहनु भएका शिक्षकशिक्षिका छन् । ‘म स्वयम् पनि विगत १७ वर्षयता विद्यालयको नेतृत्वमा छुँ,’ उनले भने, ‘व्यवस्थापनको जनशक्तिसमेत राम्रो छ ।’
डाइनामिक विद्यालयलाई नै किन रोज्ने भन्ने जुन प्रश्न छ, यसको उत्तर पनि सजिलो छ । विद्यालय स्थापनाको मुख्य उद्देश्य भनेकै सर्वशुलभ शिक्षा प्रदान गर्ने हो ।

‘हाम्रो त नामै डाइनामिक । हाम्रो काम पनि डाइनामिक नै छ,’ उनी भन्छन्, ‘डाइनामिक शब्दको अर्थ भनेको गतिशील हो । हामीले समयअनुसार शिक्षण सिकाइ क्रियाकलापलाई पनि गतिशील बनाउँछौं । विभिन्न प्रविधिको प्रयोग गर्छौँ । यी सबै कुराले गर्दा विद्यार्थीहरुको रोजाइ डाइनामिक नै हुने गरेको छ । यस्ता सुविधासहित शिक्षा हासिल गर्नका लागि डाइनामिक नै भर्ना हुन आग्रह गर्न चाहन्छुँ ।’

स्नातक तहमा बिबिएस सुरु हुँदै
उक्त क्याम्पसले स्थापनाकालदेखि बिएडअन्तर्गतका विभिन्न विषय अध्ययापन गराउँदै आएको छ । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विद्यार्थी यस क्याम्पसमा अध्ययन गर्दै आएका छन् । क्याम्पसले क्षमतावान् जनशक्ति उत्पादन गर्दै आएको छ । यहाँ पढेका विद्यार्थीहरु अब्बल छन् ।


उद्देश्य भनेको शिक्षामा गुणस्तर हाम्रो मूल मर्मको रुपमा रहेको रहेको उनको दाबी छ । उनीहरुले सामाजिक, सुरक्षा र अन्य क्षेत्रमा यहाँका विद्यार्थी अब्बल सावित भएका छन् । अहिलेसम्म शिक्षा शास्त्र संकायका विभिन्न विषयमा अध्ययन भइरहेको छ । नेपाली, अंग्रेजी, स्वास्थ्य विषय अध्ययापन भइरहेको छ ।

क्याम्पसलाई बिस्तारै समय सुहाउँदो र रोजगारमूलक विषय अध्ययन गर्ने थलोका रुपमा विकास गर्दैछौं । क्याम्पसले स्नातक तहमा बिबिएस अध्ययापन गराउने तयारी गरिरहेको छ ।
बाग्लुङमा रहेको कलेज र हाम्रो कलेजबीच मर्म गरेर यो विषय अध्ययन सुरु हुँदैछ । त्यसका लागि हामीले अनुमति लिइसकेका छौं । कोहलपुरमा स्नातक तहमा नयाँ विषयका रुपमा बिबिएस पढाइ हुँदैछ ।

‘क्याम्पस स्थापना भएदेखि नै यस्ता विषय राख्न खोजेका थियौं । समय सापेक्षित विषय राख्न नखोजेका होइनौं । तर त्रिभुवन विश्वविद्यालयले नै अनुमति दिएको थिएन । अहिले भने स्वकृति प्राप्त भएको छ । बिबिएस सञ्चालन हुन्छ,’ क्याम्पस प्रमुख अम्मरराज खत्री भन्छन् ।
डाइनामिक नर्सरीदेखि नै सञ्चालनमा छ । भौतिक संरचनादेखि जनशक्ति, प्रविधिदेखि शैक्षिक प्रवृत्तिसँग जोडिँदा क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । खेल मैदान, पुस्तकालय, पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति, हरेक वर्ष उत्कृष्ट रिजल्ट यहाँको विषेशता नै हो ।

क्याम्पसमा हाल ढाई सय विद्यार्थी अध्ययनरत छन् । बिबिएस थपियो भने विद्यार्थीको संख्या पनि थपिने क्याम्पसले विश्वास लिएको छ ।‘यसको नाम नै युनिक छ । यो एउटा गतिशील संस्था हो । समयको गतिअनुसार हामी अघि बढ्छौं । बजारमा सजिलै बिक्न सक्ने जनशक्ति उत्पादनलाई ध्यान दिएका छौं,’ उनले भने ।जनशक्तिको कुरा गर्दा डाक्टर, प्रध्यापक तथा अन्य जनशक्ति हामीसँग छ । ३० जनाको क्याम्पस व्यवस्थापन समूह छ । अहिलेको शैक्षिक प्रणाली सैद्धान्तिक भयो ।

प्रयोगात्मक शैक्षिक प्रणाली नभएका कारण रोजगारीको अवसर सिर्जना हुन सकेको छैन । व्यवहारिक विषय विज्ञान, कानुन, कम्प्युटर शिक्षालगायतका केही विषय प्लस टु तहमा पढाइ हुँदैछ । स्नातक तहमा बिबिएस पढाइ हुँदैछ । ‘डाइनामिक पढेका धेरै विद्यार्थी जागिरे छन् ।

बैंक स्कुल, स्थानीय तह, प्रहरी होस् विमानस्थलमा हाम्रा विद्यार्थी काम गरिरहेका छन् । रोजगारी नपाएको भन्ने छैन । हामीले गुणस्तरीय शिक्षालाई जोड दिएका छौं,’ क्याम्पस प्रमुख खत्री भन्छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८० असार २० गते बुधबार