
गत वर्षको कुुरा हो एउटा स्वास्थ शिविरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका वरिष्ठ फिजिसिएन ऐसोसिएट प्रोफेसर डा. श्याम विकका साथमा बिरामी जाच्दै थिएँ । मोबाइलमा घण्टी बज्यो । भेरी अञ्चल अस्पतालका प्रमुख एनेस्थेसियोलोजिस्ट डा. पारस पाण्डेको रहेछ ।
नेपालगन्ज भेरी अस्पतालमा सर्पले टोकेको व्यस्थापनसम्बन्धी तीन दिनको तालिम छ, आउनु प¥यो भन्नुभयो । मेरो लागि मात्रै नभएर आम मानिसहरूका लागि सर्प एउटा डर हो र त्यो तालिम मेरो लागि एउटा डरलाई उत्सुकता र सिकाइमा बदल्ने एउटा अनुभव हुने मैले ठाने ।
प्राइभेट अस्पतालमा सर्पले टोकेका बिरामी आउँदैनन् र त्यति अनुभव पनि हुँदैन, त्यसैले अक्सर प्राइभेट अस्पतालमा काम गर्ने डाक्टर’साब एवम् स्वास्थ्यकर्मी सर्पले टोकेको बिरामी आए भने अलि बढी नै झुक्किने गर्दछन् ।
म सबै काम सकाएर तालिम लिएँ । व्यक्तिगत तवरबाट तालिम लिए पनि नेपालगन्ज मेडिकल कलेज अस्पताल कोहलपुर प्रशासनबाट रोशनी दिदी र निर्पेन्द्र सरले पछि चिठ्ठी बनाइदिनुभयो । साँझ घर पुगेर मेरो गुरु डा. सुमीत पाण्डे सरलाई यी कुराहरु साटँे र उहाँले मलाई अझ बढी उत्प्रेरणा दिनुभयो र सर्पदंशसम्बन्धी तालिमको उपयोगिताबारेमा अझ बढी म मा महŒव जागेर आयो ।
अक्सर सधै झै दैनिकी कार्यालयका काम एउटै हँुदैनन् । दैनिकी जस्तै भदौ १६ गते इमर्जेन्सीको साझको ड्युटीको जिम्मेवारी लिँदै थिएँ । डा. सञ्जिव यादव इमर्जेन्सी वार्डको बेड नम्बर ५ को फाइल दिँदै भन्दै थिए, ‘दाई ओपिडीबाट आएको केशअर्थात बिरामी हो । सर्जरी, मेडिसिन र इएनटी विभागले हेरिसक्यो, अब मानसिक विभागले हेर्न बाँकी छ । अहिलेसम्म केही पनि रोग देखिएको छैन खै के होला ?’
उनी थिए, बर्दियाका बढैयाताल–५ का २२ वर्षीय शंकर थारु । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको इमर्जेन्सीमा पेट दुखेर, बोल्न अप्ठ्यारो भएर आउनु भएको थियो । बिरामीको त्यस्तो कुनै पुरानो रोग या पिर कुनै हिस्ट्री थिएन । सबै विभागका डाक्टरसाबहरुले हेरिसक्नु भएको थियो । रिपोर्टहरु सबै सामान्य नै थियो । त्यस्तो कुनै रोग पनि पत्ता लागिसकेको थिएन तर, पनि बिरामीको अवस्था बिग्रँदै गइरहेको थियो । संयोग वा भने अहोभाग्य त्यस दिन त्यस बखत मेरो ड्युटी थियो । झठ्ठ बिरामी हेर्दा हरदिन मदिरा खाएर लठ्ठ परेको जस्तै देखिन्थ्यो ।
जब पहिलोपटक बिरामीको नजिक पुगेर हेर्दा बिरामीमा मैले सर्पदंशसम्बन्धी तालिममा सिकेअनुसार सबै लक्षणहरु देखेँ । करेट सर्पले टोकेको जस्तो देखिन्थ्यो । किन कि करेट सर्पले टोकेको बिरामीलाई थाहा नै हुँदैन । यो सर्प रातिमा धेरै सक्रिय हुन्छ । अरु सर्पको सिकार गर्ने क्रममा मानिसको बाँस स्थानमा पुगेर मानिसलाई टोक्ने गर्दछ । यो सर्पले टोकेको ठाँउमा कुनै चिन्ह वा दुखाई पनि हुँदैन । त्यसैले गर्दा बिरामीलाई केही पत्तो नै हुँदैन ।
एक्कासी बिहानबाट लक्षण देखिँदै अक्सर रोग नै पत्ता नलागेर मानिसहरूको मृत्यु हुने गर्दछ । तर, गोमनअर्थात कोब्रा सर्पले टोक्यो भने टोकेको ठाउँमा दुख्ने, रगत आउने र सुनिने जस्ता लक्षण देखिने गर्दछन् । नेपालमा चार प्रकारका सर्पको सर्पदंश उपलब्धि हुने गर्दछ (कमन कोब्रा, करेट, रसल भाइपर र स–स्केल भाइपर) बुटवलबाट आउनु भएको प्रशिक्षक कमल देवकोटा सरले विषालु सर्प र अविषालु सर्पहरु चिन्ने र तीनका केही विशेषता बारेमा सिकाउनु भएको थियो ।
अर्को वृतान्त, इभिनिङ ड्युटीको ह्याण्ड ओभरपश्चात् पहिला इमर्जेन्सीमा भर्खरै आएका नयाँ बिरामीहरुलाई हेरेँ । अचानक उमा मगर सिस्टर बोलाउनु भयो, डाक्टर त्यो केटालाई कुन विभागले भर्ना गर्ने हो अवस्था झन नाजुक हुँदै छ । आइसियु सिफ्ट गर्ने हो कि ! अब, म नयाँ बिरामी हेर्न छाडी इमर्जेन्सी वार्ड बेड नम्बर ५ त्यो २२ वर्षीय केटा तिर गएँ । बिरामीलाई बोलाए दुखाईअर्थात पेन दिएता पनि कुनै प्रतिक्रिया थिएन । बिरामी लठ्ठ नशामा सुते झै देखिन्थ्यो । पछाडिबाट आवाज आउँदै थिए ।
धेरै पिउने मान्छे जस्तो लाग्यो लठ्ठ छ, छेउमा अन्य बेडका भिजिटरहरु एकाआपसमा सावती मार्दै थिए । डा. पारस पाण्डे दाई र डा. राजेशकुमार मण्डल दाईले तालिमको बखत सिकाएको कुरा सम्झिएँ, सर्पले टोक्यो भने आँखाबाट सुरु हुँदै क्रमशः घाँटीबाट बोली बन्द हुन्छ अनि शरीर लठ्ठ हुँदै बिरामी हेर्दा गहिरो निन्द्रामा सुतेको जस्तो देखिन्छ । नभन्दै यी सबै लक्षण मिलिरहेका थिए । घाँटी उचालेर छाडे । त्यहाँ पनि कुनै बिरामीको आफ्नो शरीरमा कुनै नियन्त्रण थिएन । त्यसपछि तुरुन्तै बिरामीको आफन्तलाई बोलाएर बिरामीको बस्ने ठाँउ र वरपरको वातावरण बारेमा जानकार भए ।
यति हुँदासम्म मेडिसिन, इएनटी विभागका रेसिडेन्ट साथीहरू पनि आइसक्नु भएको थियो । फेरि तालिमका बेला सिकाइएको कुराहरु सम्झिएँ । वर्षातको बेला छ । माटोको घर छ । अथवा मानिस बाहिर सुतेको छ । बिहान उठेपछि लक्षण देखिएर बिरामी अस्पताल पुग्यो भने ठुक्क सर्पले टोकेको हुन सक्छ । कति पनि ढिलो नगरी त्यहीअनुसार उपचारको व्यवस्था गरिहाल्नु । बिरामीको रोग पत्ता नलागेको अवस्थामा बिरामीको झन्भन्दा झन खस्किँदो अवस्थाले मलाई निश्चित भइसकेको थियो । शतप्रतिशत सर्पले टोकेको हो ।
मैले आफूले निर्णय गर्नुपुर्व उपस्थित रेजिडेन्ट साथीहरू डा. अर्जुन र डा. कविरलाई यो कुरा बताएँ । पुनःबिरामीको आफन्तलाई बोलाएर काउन्सिलिङ गरेअर्थात सबै कुराहरु सम्झाइबुझाइ गरेर उनीहरुको अनुमतिपश्चात कति पनि ढिलो नगरिकन बिरामीलाई मुखमा पाइप हालेर इन्टुबेट गर्नतिर लागेँ । म काम गर्ने अस्पताल प्राइभेट भएकाले यहाँ सर्पदंशसम्बन्धी उपचार हुँदैन ।
त्यसैले बिरामीलाई १५–२० किमीको दुरीमा रहेको जिल्लाकै ठूलो सरकारी अस्पतालमा रिफर गर्नुको विकल्प थिएन । बिरामीको श्वासप्रश्वासमा सक्रिय हुने मांशपेशी बिस्तारै प्यारालाइज हुँदै थियो, जस्ले बिरामीलाई त्यत्तिकै रिफर गर्दा गर्दै बाटैमा श्वासप्रश्वास बन्द भएर ज्यान जाने सम्भावना पनि त्यति कै थियो । अन्ततःबिरामीलाई बिरामीको बुवाको अनुमति लिएर मुखमा पाइप हालेर कृतिम श्वासप्रश्वास प्रदान गरियोअर्थात डाक्टरी भाषामा भन्नुपर्दा इन्टुबेसन गरियो ।
अब, बिरामी भेरी अस्पतालसम्म पुग्यो भने बाँच्नेमा एक चरण ढुक्क भएँ । तुरुन्त भेरी अञ्चल अस्पतालका प्रमुख ऐनेस्थेसिओलोजिस्ट डा. पारस पाण्डे दाईलाई फोन गरेँ र केशअर्थात बिरामीको बारेमा सम्पूर्ण कुरा विस्तृतमा बताएँ । दाईले मलाई सर्पले टोकेको कसरी कनर्फम भयौँ भनेर प्रतिप्रश्न गर्नुभयो । मैले जवाफ दिएँ, ‘दाइ, पहिलो कुरा हिजो रातभर पानी प¥यो । बिरामीको आफन्तले भनेअनुसार बिरामी एउटा फ्र्याक्टीमा काम गर्छ, उ बाहिर सुत्ने रहेछ टिनको छानोमुनि वरिपरि घाँस भएको मैदान छ । अनि बिरामीको सम्पूर्ण लक्षणहरु मिल्छ ।’
डा. पारस दाईले प्रतिउत्तरमा भन्नुभयो, ‘अब यहाँ आइसियु बेड छैन भेन्टिलेटर मेसिन त छ । एन्टिभेनम दबाई त्यहाँ लगेर उपचार गर्न पनि गाह्रो छ । जे हुन्छ पठाउ म व्यवस्था गर्छुँ ।’ बिरामीलाई तुरुन्तै भेरी अस्पतालमा रिर्फर गरियो । भोलिपल्ट वास्टस ऐपको घण्टी बज्यो एउटा म्यासेज आयो डा. पारस दाईको बिरामीको सुधार उन्मुख छ । त्यसपछि पुनः अर्को दिन बिरामीको फोटोसहित म्यासेज आयो बिरामी आफैँले सेल्फ याक्टुबेट ग¥योअर्थात पूर्ण होसमा आएर मुखबाट आफँै पाइप निकालेर सामान्य वातावरणमै श्वास फेरिरहेको छ । तीन दिनपछि बिरामी होसमा आयो ।
एउटा डाक्टरको लागि आफूले मेहेनत गरेर हेरेको बिरामी ठीक हुनु जस्तो खुसी के हुन सक्छ होला । हुन त सयौं बिरामीलाई बचाइयो होला तर, यो बिरामी बचाउनुको खै किन हो, ममा खुसीको सीमा नै रहेन । हर्षको आँशु नै बगेछ । हत्तपत्त इमर्जेन्सीमा भएको बिरामी रेकर्ड खोले बिरामीको नाम, ठेगाना र फोन नम्बर पत्ता लगाए र फोन गरे बिरामीको बुबा राकेशकुमार थारुले फोन उठाउनुभयो र मैले परिचय दिएँ । उहाँको अनुमतिअनुसार म मेरो सानो अनुभव साट्दै छुँ ।
काम विशेषले भेरी अञ्चल अस्पतालमा जानु पर्नेभयो । बिरामीको आफन्तलाई फोन गरेँ र बिरामीलाई भेटेँ मैले हालसम्म कति बिरामी बचाएँ थाहा छैन तर, यो बिरामी बचाउनुमा मलाई खास चासो लागिरहेको थियो । बिरामी भेटेर बाटोमा फर्कने बेलामा सर्पदंशसम्बन्धी तालिम दिनेमध्यका एक भेरी अञ्चल अस्पतालका मेडिसिन विभागका फिजिसियन डा. राजेश दाई भेटिन भयो र मैले बिरामीको बारेमा भनेपछि उहाँले अलि बढी चासो दिनुभयो ।
बिहान डा. राजेश दाईलाई फोन गरे दाईले बिरामी डिस्चार्ज भइसकेको र पुर्णतया सामान्य जीवनयापन गर्न सक्ने कुरा जानकारी दिनुभयो । बिरामी पाँच दिनपछिअर्थात भदौ २१ गते डिस्चार्ज भयो । यसरी जीवनमा पहिलोपटक कुनै बिरामीको बारेमा म यति चिन्तित र निरन्तर फलो गरिरहेको थिएँ, किन कि म यो बिरामीसँगै मेरो डर र आम मानिसको मृत्युलाई नयाँ जीवनमा परिणत गर्दै थिएँ ।
त्यसैगरि अर्को एउटा अनुुभव जसले, पुुनः सर्पको टोकाइबाट मृत्युुको मुुखमा पुुगेको बिरामीलाई बचाउन सफल भएको छ । यही वर्षको वैशाख ३१ गते अस्पतालको ड्युटीमै थिएँ । डा. श्याम दाईको फोन आयो ‘कहाँ छाँै आइसीयूूमा भर्खरै इमरजेन्सीबाट इन्टुुबेसन गरेर एउटा बिरामी पठाएको छौँ, बिरामीको हिस्ट्रीअनुुसार एक्कासी मुुखबाट लक्षण सुुरु भएर बेहोस भएको छ, तिमीले सर्पदंशसम्बन्धी तालिम लिएका छौँ । एकपटक कनफम गरिदेउ न !’ यति भनेपछि म तुुरुन्तै अस्पतालको आइसीयूमा गएर बिरामीलाई जाँचे बिरामीलाई पूूर्णतया बेहोसी अवस्थामा कृतिम श्वासप्रश्वासको मद्दतमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । बाहिर आए र बिरामीको आफन्तलाई बोलाएर सोधेँ ।
दैलेख जिल्ला भैरवी गाँउपालिका–३ का ३७ वर्षीय माधव आचार्य वैशाख ३० गते रोजगारीको शिलशिलामा भारत जाने क्रममा राति कोहलपुुर बासपार्कस्थित दिदीको बन्दै गरेको घरमा सुुत्न पुुग्दछन् । बन्दै गरेको घर गर्मीमा शीतल हुुने अनि कोठा खुुला र फराकिलो भएकाले सबैजना एउटै कोठामा सुत्दछन् । बिरामीसहित अन्य दुुईजना भुँइमा र दुुईजना खाटमा सुुतेका रहेछन् । भोलिपल्ट बिहान बिरामी भारत जानको लागि भनेर माधवले घरबाट निस्केर नजिकैको चिया पसलमा चिया पिएछन् । चिया पिउँदा बित्तिकै पेट दुुख्ने र बोल्न गाह्रो हँुुदै मुुख लाटिए झै महसुुस भएपछि बिरामीले आफ्नो दिदी भिनाजुको मद्दतमा अस्पतालसम्म आएको रहेछ ।
विडम्बना, ढोका खुल्ला भएको नवनिर्मित चिसो घरमा सुुतेको एक्कासी यस्तो लक्षण लिएर बिरामी अचेत भएकाले मेरो ज्ञान, शीप र मैले सर्पदंश तालिममा सिकेको अनुुभवले बिरामीलाई पक्कै पनि करेट सर्पले टोकेको हो भन्नेमा लगभग निश्चिन्त भएँ । सर्पदंश तालिमको क्रममा विशेषत कमल देवकोटा सरले करेट सर्पको विशेषता नै रातको समयमा चिसो ठाँउमा आफ्नो आहाराका लागि सक्रिय भएर आफ्नो बचाउका लागि मानिसलाई टोक्ने गर्दछ । करेट सर्पले टोकेको शरीरमा कुुनै चिन्ह र दुुखाई पनि हुँुदैन भनेको कुुरा राम्रोसँग याद थियो ।
बिरामीको आफन्तलाई राम्रोसँग बुुझाएपछि उहाँहरुले बिरामीलाई नजिकैको सरकारी अस्पताल भेरी अस्पतालमा लैजानुुभएछ भोलिपल्ट थाहा भयो र भेरी अस्पतालका सर्पदंशसम्बन्धी क्रिटिकल केयरका डा. पारस पाण्डेलाई फोन गरे र उहाँले पनि सर्पले नै टोकेको भनेर मेरो अनिश्चितालाई सुुनिश्चितामा परिणत गरिदिनुु भयो ।
केही दिनपछि पुुनः भेरी अस्पतालका सर्पदंश प्रमुुख तथा प्रमुख एनेस्थेसियोलोजिस्ट तथा क्रिटिकल केयरसम्बन्धी डा. कृष्ण आचार्य सरको फोन आयो डा. साब धन्यवाद है हजुुरलाई धेरै धेरै समयमा नै सर्पले टोकेको भनेर पत्ता लगाई बिरामी बचाउन मद्दत गरेकोमा । कताकता यस्ता अनुुभव र बिरामीले पाएको नयाँ जीवनले आजभोलि मलाई सर्पसम्बन्धी धेरै कुुराहरुको अध्ययन र सर्पको स्वभाव अनि सर्पदंशसम्बन्धी धेरै कुुरा सिक्ने इच्छा पैदा भएको छ ।
विशेष गरी तराईका जिल्लाहरुमा बर्सेनि सर्पले टोकेर सयौंजनाले ज्यान गुमाउनु परेको छ । विशेष गरी अझ भन्नुपर्दा गरिबीको रेखामुनि रहेका जनता उनीहरुको आवासलगायतका कारणले अझ बढी यसबाट प्रभावित हुने गरेका छन् । विशेषत, म स्वास्थकर्मी साथीहरु अझ बढी गम्भीरताका भन्न चाहन्छुँ, यो मौसममा घरभित्र अथवा घरबाहिर झुल लगाएर सुतेको छैन बिहान उठ्ँदा बिरामीको होस् हराउँदै गयो, आँखा खोल्न गाह्रो हुँदै गयो, जिब्रो बाहिर निकाल्न गाह्रो हुने, बोल्न गाह्रो हुँदै गयो, घाँटी आफ्नो नियन्त्रणमा राख्न सकेन, पेटबिना कारण दुखिरह्यो यस्ता यावत लक्षण देखिएमा सर्पले टोकेको हुन सक्छ भनेर सतर्क रहनुहोला ।
हामी सबैको सोच र विवेकले कसैको ज्यान बच्न सक्दछ । यसबारेमा राज्य स्तरबाटै जनस्तरमा जनचेतना हुन आवश्यक छ सबै सर्पहरु विषालु हुँदैनन् र सर्पले कहिले पनि सुरुमा मानिसलाई आक्रमण गर्दैन र सर्पले जहिले पनि जब आफू असुरक्षित महसुस गर्छ तब, बल्ल आफ्नो डिफेन्सको लागि बल्ल मानिसलाई टोक्ने गर्दछ ।
(डा. आचार्य नेपालगन्ज मेडिकल कलेज कोहलपुर, बाँकेमा कार्यरत छन् ।)