धैर्यताले राजेन्द्रलाई मिलेको सफलता



योजनाबिना व्यवसायमा सफलता प्राप्त गर्न मुस्किल हुने भन्दै उनले व्यवसायमा आबद्ध हुन आउनेलाई सुझाव दिए, ‘योजनासहितको व्यवसाय सुरु गर्दा सफलता धेरै टाढा छैन ।’

काम गर्ने दौरानमा बाधा अड्चन आउँछन् । तर, अप्ठ्याराहरूसँग पछि हटेर होइन, डटेर काम गर्न सके सफलता टाढा छैन भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् । तर, समस्यासँग नडराउने, बरु मिहिनेतलाई जारी राख्ने स्वभावले आज उनी सफल बनेका
छन् ।

गणेश विशु ।

कुनै पेसा वा व्यवसायमा सफलता प्राप्त गर्न इमान्दारीता, कर्तव्यनिष्ट र लगनशीलता अनिवार्य चाहिन्छ । योसँगै योजना र धैर्यताले सफलता प्राप्त हुन्छ भन्ने उदाहरण राजुप्रसाद काफ्लेको संघर्षमय जीवनीले प्रस्तुत गर्छ । फलेबास नगरपालिका–३, शंकरपोखरी पर्वतका काफ्लेले सामान्य लगानीबाट व्यावसायिक यात्रा प्रारम्भ गरे ।

लोकसेवा आयोगको तयारीका लागि २०५४ सालमा सुर्खेत पुगेका उनी सामान्य खर्च जोहका लागि शिक्षण पेसामा संलग्न भए । शिक्षण पेसासँगै उनले सुर्खेतमै २०५८ सालमा पुस्तक पसल सञ्चालन गरे । सानो लगानीबाट सुरु भएको व्यवसाय फस्टाउँदै गएपछि २०६९ सालमा शिक्षण पेसाबाट राजीनामा दिएर पुर्नकालीनरुपमा काफ्ले व्यवसायमा होमिए । उनका बुवा अनिरुद्र लाहुरे हुन् ।

बुवा अनिरुद्र र आमा मोतीकुमारीको प्रेरणाले व्यावसायिक यात्रा गरेका उनी व्यवसायमा लगानी वृद्धिको योजना बनाए । यसका लागि उनले उपयुक्त स्थान नेपालगन्ज छनोट गरे । २०६२ सालमा उनी नेपालगन्ज पुगे । नेपालगन्जस्थित धम्बोझीबाट उनले दोस्रो व्यावसायिक यात्रा सुरु गरे । कोठा भाडामा लिएर पुस्तक पसल सञ्चालन गरेका उनलाई पछाडि फर्केर हेर्नु परेन ।

‘व्यावसायिक यात्रामा मैले धेरै मिहिनत गरे,’ नेपालगन्ज–१८ बुद्धनगर टोल बसोबास गर्ने उनी भन्छन्, ‘आउने जटिलता र समस्यालाई सिर्जनात्मकरुपमा व्यवस्थापन गरेँ ।’ सामान्य लगानीबाट व्यवसाय यात्रा गरेका उनको लगानी अहिले करोडभन्दा बढी छ । यसमा उनी भन्छन्, ‘कुशल व्यावसायिक योजना र धैर्यतासँगै पारिवारिक सहयोगका कारण आज मलाई सफलता प्राप्त भयो ।’

आज आफ्नै घरमा पुस्तक पसल छ । संगम पेपर इन्डष्ट्रिज प्रालि, खजुरा एग्रो प्रालि र घरजग्गासम्बन्धी ग्रीन सिटीमा उनले लगानी विस्तार गरेका छन् । खजुरा गाउँपालिका–३, मा खजुरा एग्रो प्रालिमार्फत पाँच बिगाह जमिनमा तरकारी र फलफूल खेती सञ्चालन भइरहेको छ । उन्नत जातका गाईभैँसी पनि पालन गरिरहेको उनले जनाए । आगामी दिनमा ड्राइगन फुड र सुन कागती खेती गर्ने योजना रहेको उनको भनाइ छ । सीमित बजार एरियामा खुम्चिएका उनको व्यवसाय वृद्धिसँगै यसको दायरा पनि वृद्धि भएको छ ।

‘लगानी थोरै हुँदा त्यसको बजार एरिया पनि कम थियो,’ उनी भन्छन्, ‘लगानी वृद्धिसँगै अहिले हाम्रो बजार एरिया देशभरि फैलिएको छ ।’ सौरभ ब्राण्डमार्फत कम्पनीबाट वस्तुहरु उत्पादन भइरहेको उनको भनाइ छ । ‘घरबाट केही नल्याएर सुर्खेत पुगेको थिएँ,’ पाँच भाइबहिनीमध्येका साइला सन्तानका रुपमा जन्मिएका उनी भन्छन्, ‘व्यावसायिक सफलताले अहिलेको अवस्था प्राप्त भएको छ ।’

काम गर्ने दौरानमा बाधा अड्चन आउँछन् । तर, अप्ठ्याराहरूसँग पछि हटेर होइन, डटेर काम गर्न सके सफलता टाढा छैन भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् । तर, समस्यासँग नडराउने, बरु मिहिनेतलाई जारी राख्ने स्वभावले आज उनी सफल बनेका छन् । श्रीमती खीमा, छोरी सुरक्षा र छोरा सौरभले पनि व्यवसायमा सहयोग ग¥याएका छन् ।

योजनाबिना व्यवसायमा सफलता प्राप्त गर्न मुस्किल हुने भन्दै उनले व्यवसायमा आबद्ध हुन आउनेलाई सुझाव दिए, ‘योजनासहितको व्यवसाय सुरु गर्दा सफलता धेरै टाढा छैन ।’ व्यवसायमा योजनासँगै धैर्यता पनि उत्तिकै आवश्यक रहेको उनी बताउँछन् । ‘हामी बिना योजनामा लगानी गर्छाैँ र छिटै त्यसबाट प्रतिफल खोज्छौं,’ उनले भने, ‘यसरी हिँड्दा कसरी सफल हुन सकिन्छ ?’

साथै उनले राज्यले व्यवसायी हकहितका लागि नीति निर्माण गर्नुपर्ने जनाए । स्वदेशी उत्पादनलाई बढवा दिने र आयातभन्दा निर्यातलाई प्राथमिकता दिनु पर्ने उनको भनाइ छ । व्यवसायीलाई कच्चा पदार्थमा सहुलीयत दिने नीति हुनुपर्ने भन्दै उनले भने, ‘सरकारले रोजगारीमूलक काममा लगानी गर्नुपर्छ ।’

उनी व्यवसायसँगै सामाजिक काममा पनि संलग्न छन् । यसभन्दा पहिला उनी ६ वर्ष वीपी चिन्तन प्रतिष्ठान बाँकेको अध्यक्ष भए । लायन्स क्लबमा तीन वर्ष संलग्न थिए । पर्वत समाज बाँकेको अध्यक्षमा ६ वर्ष कार्य गरे । अहिले उनी काफ्ले समाज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अध्यक्ष छन् भने नेपाल पुस्तक तथा स्टेशनरी महासंघ लुम्बिनी प्रदेशको सल्लाहकार छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ८ गते शुक्रबार