बाँसगढी- ५ वडा कार्यालयमा चोरी (फोटो फिचर )



बाँसगढी :  बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ५ को कार्यालयमा चोरी भएको छ ।

विहीबार विहान कार्यालयको मुल ढोकामा रहेको ताल्चा फुटालेर चोरी भएको हो । वडा नम्बर ५ का कार्यबाहक अध्यक्ष प्रकाश बरालका अनुसार अज्ञात समूहले कार्यालय प्रयोजनका लागि प्रयोग भइरहेका चार वटा ब्याट्री चोरी भएका हुन् ।

विहान कार्यालय सहयोगी नगेन्द्र कुमार थारुले थाहा पाएपछि घटना बाहिरिएको हो । लगत्तै प्रहरीलाई खबर गरिएको थियो ।

इलाका प्रहरी कार्यालय बाँसगढीले घटना बारे मुचुल्का उठाएर थप अध्ययन गर्ने जनाएको छ । कार्यबाहक वडाअध्यक्ष बरालका अनुसार दुई वटा ८० हजार र दुई वटा ६२ हजार मुल्य बराबरका ब्याट्री चोरी भएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २३ गते बिहीबार