सिक्किम हिमपहिरोमा चितवन र रुपन्देहीका ३ जना नेपालीको मृत्यु



काठमाडौं ।

सिक्किमको गान्तोक-नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । करिब एक दर्जन घाइते भएका छन् ।

मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीहरुले बताएका छन् ।

मंगलबार दिउँसो सिक्किममा हिमपहिरो गएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २२ गते बुधबार