16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

दाङबाट काठमाडौं उडेका यात्रुलाई नेपालगन्जमा अलपत्र पार्ने सीता एयरमाथि छानबिन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २०, २०७९  

दाङ ।

दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगन्जमा लगेर अलपत्र पार्ने सीता एयर प्रालिमाथि नियमनकारी निकायले छानबिन प्रक्रिया अगाडि बढाएको छ । १५ चैतमा दाङबाट काठमाडौं उड्नुपर्ने जहाजले विनाजानकारी नेपालगन्जमा अवतरण गरी यात्रुलाई अलपत्र छाडेर हुम्ला उडान गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले सीता एयरले यात्रुलाई अलपत्र पारेर अन्य सेक्टरमा उडान गर्न गएको विषयमा ध्यानाकर्षण भएको र छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ । यदि छानबिनका क्रममा सीता एयरको लापरबाही भेटिएमा कानुनबमोजिम कारबाही गर्ने क्यानले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, चैत्र २०, २०७९     9:36:54 AM  |