17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

६६औं सहकारी दिवसको पूर्वसन्ध्यामा ¥याली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २०, २०७९  

कोहलपुर ।

६६औं सहकारी दिवसको पुर्वसन्ध्यामा कोहलपुरमा बृहत ¥याली सम्पन्न भएको छ । कोहलपुर र बैजनाथमा क्रियाशील सहकारीहरुको सहभागितामा बृहत ¥याली सम्पन्न भएको हो ।

दिवसको पूर्वसन्ध्यामा कोहलपुरमा क्रियाशील सहकारीकर्मीहरुको सहभागितामा न्यरोड, पिपलचौतारा,हाईस्कुल र कोहलपुर चौराहसम्म विभिन्न नारासहित ¥याली गरिएको थियो । ¥याली पश्चात कोहलपुरस्थित चौराहमा कोणसभा आयोजना गरिएको थियो । सहकारीको दिगोपन,स्वनियम र सुशासन ६६औं सहकारी दिवसको मूख्य नारा रहेको छ ।

कोण सभामा जिल्ला बहुउद्देस्यीय सहकारी संघ,बाँकेका अध्यक्ष भुपेन्द्र अधिकारीले सहकारी आर्थिक समृद्धिको आधार भएको बताए । उनका अनुसार आर्थिक मन्दीका कारण व्यवसायीहरुको अवस्था धरासायी बन्दै गएको छ । यस्तो अवस्थामा सहकारीहरुमा आउने सक्ने सम्भावनालाई मध्यनजर गर्दै सम्पूर्ण सहकारीकर्मीहरु एकजुट हुनुपर्ने उनले बताए ।

‘सहकारीप्रति अहिलेपनि नागरिकको भरोसा छ । तर केही सहकारीहरुका कारण आंशका उत्पन्न भएको छ । यस्तो कुरामा हामी सबै गम्भीर हुन आवश्यक छ ।,’ उनले भने । यस्तै जिल्ला सहकारी संघका प्रबन्ध सञ्चालक नबराज उपाध्यायले सहकारी आन्दोलनलाई शसक्त बनाउन आवश्यक रहेको बताएका थिए । उनका अनुसार बाँके जिल्लामा रहेका सहकारीहरु हरेक मुद्दामा एकजुट हुन आवश्यक छ ।

उक्त अवसरसमा सयौ सहकारीकर्मी तथा विभिन्न सहकारी संस्थामा आवद्धहरुको सहभागिता रहेको थियो ।यस्तै बैजनाथ गाउँपालिका अन्तर्गतका सहकारी कर्मीहरुको सहभागीतामा कार्यक्रम मनाइएको छ । जिल्ला कृषि संघका अध्यक्ष एकता शाहको अध्यक्षतामा बैजनाथ गाउपालिका अध्यक्ष प्रकाश बहादुर शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मितिः सोमवार, चैत्र २०, २०७९     9:29:31 AM  |