बर्दिया : विभिन्न मुद्धामा दोषी ठहर भएका तीन जना फरार प्रतिवादी पक्राउ गरेका छन् । बर्दिया जिल्ला अदालत गुलरियाले फैसला गरेका विभिन्न व्यक्तिहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराका अनुसार चेक अनादरका दुई, भवितव्य ज्यान मुद्दामा दोषी ठहर भएका तीन जना पुरुषलाई पक्राउ गरिएको हो ।

उनले बर्दिया जिल्ला अदालत गुलरियाको २०७८ भदौ २ गतेको फैसलाले चेक अनादर मुद्दामा ३ हजार जरिवाना तोकिएका बर्दियाको मधुवन ९ का मान बहादुर बाठा र बढैयाताल–८ का उपेन्द्र कुमार श्रेष्ठ रहेको बताए । यस्तै भवितव्य ज्यान मुद्दामा २०५२ असार ३२ गते बर्दिया जिल्ला अदालत गुलरियाले गरेको गरेको फैसला अनुसार १ महिना कैद गरिएका ठाकुर बाबा नगरपालिका वडा नम्बर ३ का भगवा भन्ने भग्गु थारुलाई पक्राउ गरिएको सूचना अधिकारी बोहोराले बताएका हुन् ।









प्रतिक्रिया दिनुहोस्