किशोरजीलाई साइजमा लगाउँछौंः कांग्रेस नेता हमाल



गजेन्द्र हमाल

पूर्वमन्त्री तथा कांग्रेस नेता

कसरी जाने भन्ने विषयमा बैठक भइरहेको छ । किशोरजीलाई साइजमा ल्याउने कुरोहरु भइरहेको छ ।

यसभन्दा पहिला पहिलो हुनेलाई दोस्रो हुनेले सहयोग गर्ने भन्ने कुनै सहमति भएको थिएन । किशोरजीले केन्द्रको निर्णय मान्नु भएन । उहाँले नमानेपछि हामीले मान्नुपर्छ भन्ने छैन ।

जस्तो तिनीहरुले बिउ रोके त्यस्तै फल पाउँछन् । हामीले जसलाई सहयोग गर्छाैं उसैले जित्ने परिस्थिति छ । हाम्रो सहयोगबिना कसैले जित्ने सम्भावना छैन ।

कसलाई सहयोग गर्ने वा नगर्ने भन्ने विषयमा बैठकहरु भइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १९ गते बिहीबार