दाङको लमही नगरपालिका वडा नम्बर ७ स्थित पुर्व पश्चिम राजमार्गको पदमिनी खोला नजिकै सडक किनारमा राखिएको शंकास्पद बस्तु ९प्रेसर कुकर० नेपाली सेनाले डिस्पोज गरेको छ ।
शनिबार राती गाडीवालाले गाडी रोकेर पिसाब गर्ने क्रममा देखेपछि उनिहरुले प्रहरीलाई खबर गरेका थिए ।
सडक किनारमा बम राखेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजिव श्रेष्ठ घटनास्थल पुगेका थिए । रातिमा डिस्पोज गर्न सक्ने अवस्था थिएन, रातभरी हामीले सुरक्षा दिएर बिहान मात्र अवस्थालाई नियन्त्रणमा लिने काम भयोू( प्रहरी निरीक्षक श्रेष्ठले भने ।
प्रेसर कुकरमा नो एमसीसी लेखेर विद्युतका तारले जेलेर सडक किनारमा राखेको उक्त शंकास्पद बस्तुलाई रणसिंह दल गण घोराहीको बम डिस्पोजल टोलिका मेजर सन्तोष खत्रीको कमान्डमा घटनास्थल पुगेको टोलिले बिहान करिब साढे एघार बजे बम डिस्पोज गरेको हो ।










प्रतिक्रिया दिनुहोस्