लगातार बढ्दै सुन-चाँदीको भाउ



कोहलपुर ।

शुक्रबार पनि सुन-चाँदीको मूल्य बढेको छ।

आज सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी प्रतितोला १३ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रति‌औंस १८ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ६ गते शुक्रबार